७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ओलीलाई प्रवासी नेपाली मञ्च बेलायतको बधाई, आर्थिक विकासले फड्को मार्ने अपेक्षा


लण्डन । प्रवासी नेपाली मञ्च बेलायतले संघीय गणतन्त्र नेपालको ४१ औं प्रधानमंन्त्रीमा नियुक्त हुनुभएकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाइ दिएको छ । मञ्चले समृद्ध नेपाल बनाउने बिशाल जिम्मेबारीको पूर्ण सफलता लागि ओलाई शुभकामना पनि दिएको छ । मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव विजय लिङदेनले विज्ञप्ति जारी गर्दै आम जनताको अपेक्षा पूरा गर्ने दिशामा सरकारले प्रभावकारी काम गर्ने अपेक्षा लिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘आर्थिक बिकासको द्रुतगतिमा दौडिरहेका दुई भीमकाय मुलुकको बिचमा रहेको सुन्दर देश नेपाललाई बिकाश र समृद्धीको बाटोमा लैजान तथा समाजबाद उन्मुख राज्य व्यवस्थाको निर्माणमा बामपन्थी गठबन्धन तथा प्रधानमन्त्री कमरेड ओली नेतृत्वले पार्टी, सरकार तथा नेपाली जनतालाई परिबर्तन तथा राहतको अनुभूति दिलाउन सफल हुने कुरामा विश्वास ब्यक्त गर्दछौं ।’

यस्तै भर्खरै सम्पन्न निर्बाचनमा नेपाली जनताको चाहना बमोजिम मुलुकका दुई प्रमुख कम्युनिष्ट पार्टीहरुले पार्टी एकीकरण समेत गर्नेगरी संयुक्त बाम गठबन्धन मार्फत सबै तहका निर्बाचन मा पाएको अपार सफलताबाट मञ्च अत्यन्तै उत्साहित भएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ ‘विभिन्न कारणले बिदेसिनु परेका प्रबाशी नेपाली हरुले उठाउदै आएका नेपाली नागरिकताको निरन्तरता प्रति सकारात्मक भई सम्बृध्द नेपाल बनाउन प्रबाशी नेपाली हरुले प्राप्त गरेको शिक्षा, सीप, अनुभब र आर्थिक आर्जन लाई नेपाल भित्र्याउन समन्वयनकारी भुमिका निर्वाह गर्न तथा संघीयता र बिकाश सम्बन्धी बेलायती अभ्यासबाट आगामी दिनमा नेपालले लिन सक्ने फाइदाका लागि नेपाल सरकार तथा सातै प्रदेशका मूख्यमन्त्रीज्यु हरुसँग समन्वयनकारी भुमिका निर्वाह गरी गर्न प्रवासी नेपाली मंच बेलायत सधै तयार रहने छ ।’ मञ्चले मूख्यमन्त्रीको पदमा वहाली हुनुभएका सातै प्रदेशका मूख्यमन्त्रीलाई पनि सफल कार्यकालको लागि शुभकामना दिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार १७:०३