१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

विष्णु माझी भन्छिनः पानी पकाएर बाक्लो हुँदैन, मान्छे फकाएर आफ्नो हुँदैन… (भिडियोसहित)


काठमाडाैँ । डान्सिङ हिरो दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हँुदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी छन् ।

चर्चित लोक गायक गायिका बद्री पंगेनी र बिष्णु माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत बिनोद पराजुलीको रहेको छ । गीतका शब्द मिठास भरिएका तथा जनजिब्रोमा झुन्डिने खालका छन् । शुभारम्भ डिजिटलका लागि शम्भु कुवँरको प्रस्तुतिमा तयार भएको गीत छिट्टै लोकप्रिय हुने बिश्वास आफुलाई रहेको गायक बद्रीले बताए । काजिश श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा दीपक बिष्टको सम्पादन रहेको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार ११:२६