१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

डिपिएलः अत्तरिया र काठमाडौँ तथा विराटनगर र रुपन्देही प्रतिस्पर्धा गर्दै


२१ चैत, कैलाली । धनगढी प्रिमियर लिगमा आज दुई खेल हुँदै छ । जसमा पहिलो खेलमा विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्सबीच हुनेछ भने दोस्रो खेलमा सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्स प्रतिस्पर्धा गर्दैछन ।

पहिलो खेलमा महेन्द्रनगरसँग ३३ रनले पराजित भएको विराटनगरको प्रतियोगितामा दोस्रो खेल आज खेल्दै छ । डीपीएलमा खराब सुरुवात गरेको काठमाडौं बुधबार रुपन्देहीलाई हराउँदै पुनः लयमा फर्किने लक्ष्यमा छ ।

अर्को खेलमा लिगको शीर्ष स्थानमा रहेको काठमाडौंले अत्तरियासँग खेल्नेछ । चौराहासँग ८ विकेटले हारेको अत्तरिया यो खेलमा काठमाडौंको विजयी यात्रालाई पूर्ण विराम दिने लक्ष्यमा छ ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०९:०८