१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकपा नुवाकोटको अध्यक्ष र सचिव दुबैमा खतिवडा


८ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको अध्यक्षमा हिरानाथ खतिवडा र सचिवमा नारायण खतिवडाले जिम्मेवारी पाएका छन । नेकपाका अाइतबार राति बसेको सचिवालय बैठकले यसअघि भएको सिफारिसकै अाधारमा जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो । जिम्मेवारी दिने विषयमा गुटगत भिडन्त हुने भएपछि दुबै अध्यक्ष मध्येबाट अध्यक्ष र सचिव तोकिएको छ ।

यसअघि प्रदेश कमिटीबाट कुन जिल्लामा कुन पार्टीका तर्फबाट अध्यक्ष र सचिव हुने भन्ने सिफारिस गरिएको थियो । सोही अाधारमा नुवाकोट जिल्लामा पूर्व माअोवादीका तर्फबाट हिरानाथ खतिवडाले अध्यक्षको जिम्मेवारी पाएका छन भने पूर्व एमालेका तर्फबाट सचिवमा तत्कालीन अध्यक्ष नारायण खतिवडाले जिम्मेवारी पाएका छन । यद्पी यसको घोषणा सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिने नेकपाले जनाएको छ ।

अध्यक्षको जिम्मेवारी पाउने हिरानाथ खतिवडा नुवाकोट प्रतिनिधसभा निर्वाचन क्षेत्र न २ को प्रदेशसभा ख बाट प्रदेश नम्बर ३ को सांसद रहेका छन भने सचिवको जिम्मेवारी पाउने खतिवडा प्रतिनिधसभा निर्वाचन क्षेत्र न २ बाट संघीय सांसद रहेका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार २२:१७