८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेकपाको जिल्ला नेतृत्व चयन, कुन जिल्लामा को अध्यक्ष को सचिव ? यसरी जान्नुहोस्


८ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला नेतृत्व चयन भएको छ । नेतृत्व चयन भएपनि केही प्राविधिक विषयहरू मिालउन बाँकी रहेकाले नाम भने सोमबारमात्रै सार्वजनिक हुने भएको छ । जनप्रतिनिधि भएपनि जिल्लाको कार्यकारी पदमा चयन गर्ने नयाँ प्रस्ताव पारित भएपछि नेकपाको जिल्ला नेतृत्वले पूर्णता पाएको हो ।

नेकपाका एक जना सचिवालय सदस्यका अनुसार जिल्ला अध्यक्ष र सचिवको चयन गर्दा एउटा स्टाण्ड मापदण्ड बनाएर कार्यान्वयन गरिएको छ । जसमा भागवण्डा गर्दा पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन एमालेको अध्यक्ष जनप्रतिनिधि भएको भएपनि उनलाई नै एकीकृत पार्टीको जिल्ला अध्यक्ष बनाइनेछ । सचिव पाएको जिल्लामा पनि तत्कालीन एमालेको अध्यक्ष  जिल्ला सचिव हुने पर्नेछ । जिल्ला अध्यक्ष र सचिवको सूची सोमबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको कार्यक्रम प्रज्ञा भवनमा सार्वजनिक हुनेछ ।

दैनिकको सम्पकर्मा अाएका सचिवालय सदस्यका अनुसार कतिपय जिल्लाका पूर्व अध्यक्षहरू कोही पार्टी केन्द्रीय सदस्य भएका र कहीँ अध्यक्ष खाली रहेकाले कसरी मिलाउने भन्ने विषयमा अध्यक्षद्धय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डले निर्णय लिन ढिलाइ गरेका थिए । यद्पी अध्यक्ष नभएकोमा उपाध्यक्षले जिम्मेवारी पाउने सहमति जुटेको छ ।

यसअघि प्रदेश कमिटीको बैठकले कुन जिल्लामा कुन पार्टीलाइ भन्ने गरेको सहमतिको मुल भावना अनुसार अध्यक्ष र सचिव छानिनेछ ।  प्रदेश कमिटीको बैठकले गरेका सिफारिसकै अाधारमा धेरैले अचम्म मान्दै अाएका छन । अाइतबार सुची सार्वजनिक नगरीएपनि प्रदेश कमिटीले गरेको सिफारिसमा अधिकांश भन्दा बढीले अाफ्नो जिल्लाको को अध्यक्ष र को सचिव भन्ने जानकारी पाइसकेका छन ।

 

 

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार २३:५०