१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

काठमाडाैँको नेपालटारमा बसको ठक्करबाट नुवाकोटकी ५८ वर्षीय महिलाको मृत्यु


८ वैशाख, काठमाडाैँ । काठमाडाैँको तारकेश्वर नगरपालिका वडा नम्बर १० नेपालटार नजिकै डाँडागाउँमा बालाजु यातायातको बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ स्थायी घर भएकी अन्दाजी ५८ वर्षीय देउती परियारको बसको ठक्करबाट मृत्यु भएको महानगरीय प्रहरी बृत बालाजुले जनाएको छ ।

बा ३ ख ५७२९ नम्बरको बालाजु यातायातको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी देउतीलाइ उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिए पनि उनको अस्पताल पुग्नु अगावै मृत्यु भएको नेपाल प्रहरीका असइ काली लमिछानेले दैनिकीलाइ जानकारी दिए । ठक्कर दिने बस र चालक महानगरीय प्रहरी बृत्त बालाजुको नियन्त्रणमा रहेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार २१:१४