७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

बाग्लुङमा पनि जन्ति बोकेको बस भीरबाट खस्यो


८ वैशाख, बाग्लुङ । बाग्लुङमा पनि जन्ति बोकेको बस भीरबाट खसेको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँमा आइतबार साँझ जन्ती बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार ताराखोला गाउँपालिका १ माझखर्कबाट जन्ती लिएर काठेखोला गाउँपालिका–८ लेखानी जाँदै गरेको ध १ ख ४६८ नम्बरको बस बिहुँको भ्युटावरनजिकै भीरबाट खसेको हो ।

दुर्घटनामा ६४ बर्षका गंगाबहादुर बिकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । घाइतेमध्ये काठेखोला गाउँपालिका–८ कि १७ बर्षीया संगीता विकको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेको  धौलागिरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार २०:३७