६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

नेकपा एकताः ४२ मा पूर्व एमाले र ३५ मा पूर्व माओवादीको नेतृत्व, नाम भोलि घोषणा हुने


८ वैशाख, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । अाइतबार साँझ प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले अध्यक्ष र सचिवको टुंगो लगाएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

टुंगिएको भागवण्डा अनुसार ४२ मा पूर्व एमाले र ३५ मा पूर्व माअोवदीले नेतृत्व पाएका छन । जिल्लाको नेतृत्व र भ्रातृ संगठनको नेतृत्व एकीरकण गराउने पहल करिब १० महिनापछि बल्ल सार्थक बनेको छ । नेकपाको स्थापना दिवसको अवसर पारेर भोलि प्रज्ञा भवनमा हुने कार्यक्रममा जिल्लाको नेतृत्व घोषणा हुनेछ। अर्थात अध्यक्ष र सचिवको नाम त्यही कार्यक्रममा घोषणा गरिनेछ ।

बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको छ । बैठकले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार २०:१७