७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बझाङमा जन्ती बोकेको जीप भीरबाट खस्यो, दुलाहको खुट्टा भाँचियो, दाजुको मृत्यु


८ वैशाख, कैलाली । बझाङको खप्तड छान्ना गाँउपालिकामा जन्ती बोकेको जीप भीरबाट खसेको छ । खप्तड छान्ना गाँउपालिका वडा नम्बर ४ बाट जयपृथ्वी नगरपालिका सुबेडातर्फ जन्ती लिएर जाँदै गरेको से १ ज ७१८ नम्बरको जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्थानीय ६० वर्षीय बासुदेब जोशीको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । मृतक जाेशी दुलाहाका दाइ नाता पर्ने भएकाेले विवाहसमेत स्थगित भएको छ । दुर्घटनामा चालकसहित ७ जना घाईते भएका छन् । पानि परेका कारण बाटो चिप्लो भएर गाडीले सिलीप खाँदा जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

दुर्घटनामा दुलाहा बलराम जोशीको खुट्टा भाच्चिएको प्रत्यक्षदर्शीले बताएका छन । जीप सडकबाट झण्डै १५ मिटर तल खसेको र जन्तीमा आएका खप्तड छान्ना गाँउपालिकाका चेतराज जोशी, गोकर्ण जोशी, नरेशप्रसाद जोशी, देबराज जोशी, सुकदेब जोशी, डम्बर प्रसाद जोशीका साथै चालक जयराज जोशी घाइते भएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार १८:५४