११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

यूट्युबको मुख्यालयमा आफ्नो व्वाइफ्रेण्डलाई गोली हान्दै एक युवतीले गरिन आत्महत्या


२१ चैत, काठमाडौँ । यूट्युबको मुख्यालयमा एक बन्दुकधारीको आक्रमणमा परी तीन जना घाइते भएका छन । अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा गोली चलाएर तीन जनालाई घाइते बनाएकी आक्रमणकारी महिलाले भने आफैँले आत्महत्या गरेकी छिन ।

आक्रमणबाट घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सीबीसीएस न्यूज रिपोर्टका अनुसार घाइते भएका ३६ वर्षका एक युवकको अवस्था गम्भीर छ ।

घाइते युवक आक्रमणकारी महिलाको व्वाइफ्रेण्ड हुन् । आक्रमणपछि यूट्युबको मुख्यालय बन्द गरिएको छ । यूट्युब मुख्यालयमा करिब १ हजार ७ सय कर्मचारीहरु काम गर्ने गरेका छन ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार ०८:४३