४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

बागलुङको हटिया बजारमा आगलागी, क्षणभरमै खनानी बन्यो घर (भिडियोसहित)


८ वैशाख, बागलुङ । बागलुङको गलकोट नगरपालिका बाड नम्बर ३ हटिया बिचबजारको एक घरमा आगलागी भएको छ । शनिबार साँझ भएको आगलागीबाट एक घर पूर्ण रूपमा जलेर ध्वस्त भएको छ भने अर्को घरको छत भत्किएको छ । साझँ ५ बजेको समयमा घरको तेस्रो तलामा लागेको आगो करिब २ घण्टापछि नियन्त्रममा आएको थियो ।

तस्बीरः घनश्याम गाैतम/पत्रकार ।

प्रहरीका आगलागीबाट ध्वस्त भएको घर हेम बहादुर खत्रीको हो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । यस्तो छ आगलागीको भिडियो । भिडियो बागलुङका पत्रकार घनश्याम गाैतमले खिचेका हुन ।

 

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार ०७:३५