६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियाेगिताः नेपालले म्यानमारलाई १३.२ ओभरमै अलआउट गर्यो


७ वैशाख, काठमाडाैँ । एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियाेगितामा नेपालले म्यानमारलाई १३.२ ओभरमै अलआउट गरेको छ । नेपालले म्यानमारविरुद्धको पहिलो खेलमा ५९ रनको लक्ष्य पाएको छ । ५० ओभरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको म्यानमारले १३.२ ओभरमा अलआउट हुँदै ५८ रनमात्र बनाउन सक्यो । म्यानमारका लागि जम्मा दुई खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । उसका लागि काउंग एचटेटले १९ र क्रिस्टोफरले ११ रन बनाए ।

म्यानमारको इनिङ ध्वस्त पार्ने क्रममा विशालविक्रम केसीले सर्वाधिक ४ विकेट लिए । रमेश कुर्मी र निखिल कुमार सिंहले समान १-१ विकेट लिए । यसअघि २०१७ मा उपाधि जित्दा नेपाल र म्यानमार एकै समूहमा रहेका थिए । जसमा नेपालले म्यानमारलाई तीन सय ३७ रनको भारी अन्तरले हराएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार ११:०९