१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सरकारमा बस्नेहरु मालिक नबनौँ, बिधेक पारितै नभै नागरिकता नबाडाैँः प्रा डा संग्राैला


७ वैशाख, काठमाडाैँ । संवैधानिक कानुनका जानकार एवं पूर्व महान्यायाधिवक्ता प्रा डा युवराज संग्राैलाले सरकारमा रहनेहरूलाइ मालिक नबन्न सुझाव दिएका छन । वर्तमानमा गरिरहेका कामहरूमा कहाँ कमजोरी छ भन्ने विषय कोट्याउँदै पूर्व महान्याधिवक्ता संग्राैलाले ५ बुँदामा अाफ्नो धारणा राखेका छन । उनले अहिले नागरिकता वितरण भैरहेको जसरी वितरण जारी रहे देश नै बर्बाद हुने बताएका छन । उनले भनेका छन ‘जसरी नागरिकक्ता दिइदैछ, देश बर्बाद हुन्छ भन्ने बुज्नुहोस। बिधेक पारितै नभै नागरिकता दिने कुरा सर्बोचका माननियले भने पनि अबैध हो। हामीलाई बन्धक बनाउने दुला बसेर बनाएको योजनाका हिस्सेदार नबन्नुहोस।’

उनको धारणा यस्तो छ 

देशले बिकासको निर्दिष्ट बाटो लिनु पर्छ। फेरि क्रान्तिका कुरागर्ने साथीहरूले पनि के बुझ्नु अवास्यक छ भने, क्रान्ति गर्न सजिलो छ तर रास्ट्र चलाउन सजिलो छैन। सरकार चलाउनेहरुले पनि के बुझ्नु पर्छ भने, बिपन्नताको तल्लो तहमा रहेका करिब ७० प्रतिशत गरिब जनताको उत्पादकत्व बिकास नगरी बिकासको सपना देख्न सकिन्न। कहिँ त्रुटी छ भन्ने कुरा सबै नेताले महसुस गर्नु पर्छ। कहाँ छ त्रुटी ?

१. धनीका धन कागजमा बांडेर हरेक नागरीक सङ्ग १०८० डलर आमदानी छ भन्ने अर्थसाश्त्रीका हिसाबी जादुगरी (क्याल्कुलस म्याजिक, मेरा शब्दमा)ले गरिबी होइन गरिबीको थत्याकं मात्र घटायो, तर जनता अहिले पनि सधानहिन, उत्पादकत्वहिन छ्न। उनिहरुको उत्थान नै अहिलेको प्राथमिकता हो भन्ने कुरा सरकारले बुज्नु पर्छ। गरिबको उत्थानगर्ने योजना बनाएर कुन मानिस मेरो हो होइन कुन मानिस राम्रो हो भनी नेतृत्व दिएमा लाखौ जनता सरकारको समर्थनमा बोल्ने छन।

२. जो मानिस चाकरी गर्न आउंदैन उ ईमानदार हुन्छ। जो चाकरी गर्छ त्यो बेइमान हुन्छ। जसको निहित स्वार्थ छ उस्ले आलोचना गर्दैन, जस्को स्वार्थ छैन उस्ले आलोचना गर्छ। जस्ले आलोचना गर्छ तेस्ले काँध थाप्छ। जस्ले चाकरी गर्छ त्यो घच्याडेर भाग्छ। सरकारले यो सत्य बुझ्नु पर्छ।

३. बिदेशबाट आउने लगानीले दसबर्ष पछि उत्पादन दिन्छ। पहिला कृषिको आधुनिकरण गर्नु होस एक बर्ष पछि उत्पादन दिन थाल्छ। पहिला दुइ खरबको खाद्यान्न आयतलाई बिस्तापित नगरी आर्थिक बिकास हुन्छ भन्ने लागेको छ कसैलाई भने त्यो मिथ्या हो। विश्व बैंकको बकबास ज्ञान शिक्न बन्द गर्नुहोस। फुर्क्याउने ले एक्दिन नाक काटिदिन्छन।

४. रेमिटेन्स घटेको घटेकै छ। नेपाली नागरिकता बनाएका हजारौं भारतीयले रेमिटेन्स भारत लान्छन भन्ने कुरा अर्थ मन्त्रालयले बुझेको छ? यदि बिदेशी रोजगार समाप्त भयो भने नेपालमा अहिलेको कृषिको अवस्थामा भोकमरि शुरु हुनेछ। यो कुरा मन्त्रीले बुझुन। हरेक खेत कांल्लामा खेती गरुं। सरकारको व्यापारी र माफिया तिर होइन किसानलाई माया जाओस।

५. नागरिकता बितरण गर्ने कुरा होइन, महोदय। जसरी नागरिकक्ता दिइदैछ, देश बर्बाद हुन्छ भन्ने बुज्नुहोस। बिधेक पारितै नभै नागरिकता दिने कुरा सर्बोचका माननियले भने पनि अबैध हो। हामीलाई बन्धक बनाउने दुला बसेर बनाएको योजनाका हिस्सेदार नबन्नुहोस।

यस्तो अवस्था आउँछ। मानिसहरु बोल्दैन। मानिसलाइ चेतना आउनु अवास्यक छ, देश रहेमात्र पार्टी रहने हुन । मानिसका मनमा देशभक्ती मरेपछी उ गवार पशु बन्छ। पशुले आगो लाग्दा निभाउदैन, भाग्छ। राजनितिक पार्टीहरुले जनतालाई पशु बनाउन बन्द नगर्ने हो भने आफनै भबिस्य खतरामा पर्ने छ। अझै बेला छ सबैले सुध्रीने प्रयाश गरौँ। निरासाबादीहरु आशाबादी बनौ। सरकारमा बस्नेहरु मालिक नबनौ जनतानै रहौं। आसाबादीहरु उत्पादन गर्न थालौं। देश बनाउन सकिन्छ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार ०८:३९