८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ओली र प्रचण्ड जितगढी विजयउत्सव मनाउन वुटवल जाँदै, यस्तो छ कार्यक्रम


७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जितगढी विजयउत्सव मनाउन वुटवल जाँदैछन । तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको सम्झनामा जितगढी किल्ला परिसरमा निर्माण गरिएको कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक अनावरण गर्ने र शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको छ ।

वुटवल उपमहानगरपालिकाले यस पटक वैशाख ७ गतेलाई यसपाली विशेष खुशियालीका रुपमा मनाउन लागेको हो । विहान विहान ८:३० बजे वुटवल उपमहानगरपालिका परिसरबाट विजय र्याली निकालिने कार्यक्रम समेत रहेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरकाे कावासाेतीमा निर्माण हुने नमूना सदरमुकामकाे शिलान्यास गर्ने भएका छन ।शिलान्यास समारोहमा प्रधानमन्त्रीले सम्बाेधन गर्ने कार्यक्रम समेत तय भएको छ । नवलपुरको सदरमुकाम कावासोतीमा निर्णमा हुने संरचनालाइ नमुना मानिएको छ । जिल्ला सदरमुकामको हिसाबमा नवलपुरलाइ नमुनाको रूपमा विकास गर्न लागिएको छ । सदरमुकाममा रहने सबै सरकारी कार्यालय एउटै कम्पाउन्ड भित्र रहनेछन ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार ०८:०७