७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

झापाका १५ वर्षीय किशोरकाे प्रहरी हिरासतमै रहस्यमय मृत्यु


६ वैशाख, झापा । झापाका १५ वर्षीय किशोरकाे प्रहरी हिरासतमै रहस्यमय मृत्यु भएकाे छ । झापाकाे इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका १५ वर्षीय किशोर किरण कार्कीको रहस्यमय मृत्यु भएको छ।

मेचीनगर-६ घर भएका किरण मोबाइल र पैसा चोरीको अभियोगमा गत चैत २९ गते पक्राउ परेका थिए । उनको गत बैसाख १ गते राति हिरासतमै रहस्यमय मृत्यु भएपछि घटना बाहिरिएको हो।

प्रहरीले हिरासतको शौचालयमा झुन्डिएर आत्महत्या गरेको दाबी गरेको छ भने परिवार र आफन्तले घटना शंकास्पद भएको बताएका छन्।प्रहरीले परिवारलाई जानकारी नगराई मेची अञ्चल अस्पताल भद्रपुर लगेर शवको पोस्टमार्टम गरेको थियो।

‘छोरालाई पुलिसले पक्रेको थाहा थिएन,’ बाबु भन्छन्, ‘अचानक उसको शव अस्पतालमा छ बुझ्न आउनु भनेपछि मलाई विश्वास नै लागेन।’ झुन्डिएर मरेको भनिए पनि छोराको घाँटीमा कुनै निलडाम नदेखिएको उनले बताए।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार १४:४१