१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मैले अदालतको आदेश अनुसार काम नगरेको समयको पनि तलब भत्ता बुझेको हुँः प्रेम सञ्जेल


५ वैशाख, काठमाडाैँ । विवादित छवी बनाएका नेपाल सरकारका उपसचिव प्रेम सञ्जेलले अदालतको आदेश अनुसार काम नगरेको समयको पनि तलब भत्ता बुझेको बताएका छन । श्रम कार्यालय विराटगरका प्रमुख रहेका सञ्जेलले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए टुँडिखेलमा झुण्डिन तयार रहेको बताउँदै पुनर्वहालीका लागि सर्वोच्च अदालतले आदेश दिएपछि नियमअनुसार नै भत्ता बुझेको दाबी गरेका छन । उनले आफूले अदालतको आदेश अनुसार नै भत्ता खाएको बताए ।

निर्वाचन कार्यालय मोरङमा रहँदा हाजिर नगरी एक महिना सात दिनको तलब, भत्ता र खाजा खर्च बुझेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्जेललाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको विषय बुधबार सार्वजनिक भएको थियो । अदालती प्रक्रियामा रहँदा उनले २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म कार्यालयमा हाजिर गरेका थिएनन् । तर उनले हाजिर नगरेको अवधिको तलब र भत्ता बुझेका थिए । सञ्जेलले शुक्रबार अख्तियारमा वयान दिने बताएका छन ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार २०:११