१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक आइतबार


५ फागुन, काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा शनिबार बिहान भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।

भेटवार्तापछि अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो–“पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताकाबारेमा छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ ।”

सो अवसरमा प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भोली पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएकाले त्यसको तयारीका लागि आज दुई अध्यक्ष बिच छलफल भएको जानकारी दिनुभयो । आइतबार बस्ने एकता समितिको बैठकमा पार्टी एकता र सरकारमा सहभागिताका बिषयमा विस्तृत छलफल हुने र त्यसकै तयारीका लागि दुई पार्टीका अध्यक्ष बिच छलफल भएको उहाँको बताउनुभयो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार १४:०८