१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

मिक्लाजुङमा ‘मिक्लाजुङ गोल्डकप’ आजदेखि


५ वैशाख, उर्लाबारी । सिर्जनशिल युवा क्लवको आयोजनामा आज वैशाख ५ गतेदेखी मोरङको मिक्लाजुङ—६ लालमाटीमा ‘प्रथम मिक्लाजुङ गोल्डकप २०७६’ फुटवल प्रतियोगिता हुँदैछ । नयाँ बर्षको अवसर पारेर आयोजना गर्न लागिएको फुटवल प्रतियोगिताको उद्घाटन खेलमा धरान एफसी र झापा राजगण एकआपसमा भिड्ने आयोजक समितिका सञ्चार संयोजक महेन्द्र थेगिमले जानकारी दिनुभयो ।

आज दिउसो १ बजे देखी औपचारिक कार्यक्रम सहित खेलको उद्घाटन हुनेछ । बैशाख १२ गते हुने फाइनल खेलको बिजेताले नगद १ लाख ५ हजार ५ रुपैंया ट्रफि प्रमाणपत्र मेडल प्राप्त गर्नेछन् । यस्तै,उपबिजेताले नगद ५५ हजार ५ रुपैंया सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल अनुमानित ८ लाखमा सम्पन्न हुने अध्यक्ष नेमप्रकाश तामाङले बताउनुभयो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार १०:५३