७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सन् २०१४–१५ को सिजनपछि बार्सिलोना पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा


४ वैशाख, काठमाडाैँ । बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएरातिको खेलम म्यानचेस्टर युनाइटेडलाई हराउँदै  बार्सिलोना सेमिफाइनलमा पुगेको हो । मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा युनाइटेडलाई तीन शून्यले हराउँदै समग्रमा चार शुन्यको जित निकालेर बार्सिलोनाले अन्तिम चारमा स्थान बनायो ।

पहिलो लेगमा एक शून्यको अग्रता बनाएको बार्सिलोनालाई दोस्रो लेगमा तीन शून्यको जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलको १६ औं मिनेटमा मेस्सीको गोलमार्फत अग्रता बनाएको बार्सिलोनाले २० औं मिनेटमा मेस्सीले नै दोस्रो गोल गरे । सन् २०१४–१५ को सिजनपछि बार्सिलोना पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार ०९:०५