११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

एनसेलले सात दिनभत्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ कर तिर्नुपर्ने


३ वैशाख, काठमाडाैँ । एनसेलले सातदिनभत्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभ कर तिर्नुपर्ने भएको छ । सरकारले सातदिनको समय दिएर नै एनसेललाइ कर तिर्न पत्राचार गरेको हो । ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ पुँजीगत लाभ कर तिर्नका लागि समयसीमा दिएरै एनसेललाई सूचना जारी गरेको छ ।

सर्बोच्चले तीन महिनाभित्रै एनसेलबाट कर असुल गर्न केही दिन अघिमात्र सरकारलाई आदेश गरेको थियो । एनसेल खरिद विक्री भएको मुल्य १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजारका आधारमा पुँजीगत लाभ कर तोक्नुपर्ने फैसलाको निश्कर्ष थियो ।

त्यसबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ कर निर्धारण हुने ठहर भएको थियो । विभागले भने कर, शुलक र ब्याज गरी ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ असुल गर्ने निर्णय गरेको छ । एनसेलले खरिदबिक्रीबापत २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ यसअघि नै कर तिरेको अब ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिरे पुग्छ ।

 

 

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार २०:३७