८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अब बिग बोस नेपालमा पनि, कार्यक्रमका सहभागीले सय दिनसम्म संचारबाट बाहिरै बस्नुपर्ने


३ बैशाख, काठमाडौँ । अब बिग बोस नेपालमा पनि सुरू हुन लागेकाे छ । आइम्याक्स प्रोडक्सनलले नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोसलाई नेपालमा औपचारिक रुपमा ल्याएको हाे । कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो हुने आइम्याक्सले बताएको छ ।

होटल सोल्टीमा गत २०७५ वैशाख २ गते औपचारिक रुपमा बिग बोस औपचारीक रुपमा सुरु भएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाडैनै सुरु हुने जानकारी गराइएको छ ।

नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलता पूर्वक संचालित बिग ब्रदर टिमको पूर्ण सहयोगले ५५ देश नेपालमा बिग बोस सफल बनाउने प्रतिबद्धता आइम्याक्सको छ ।

देश अनुसार फरक फरक भाषामा सञ्चालित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । र यो कार्यक्रम विग ब्रदरकै संरचना अनुसार हुनेछ । बिग बोस भित्र रहने सहभागीहरु सय दिनसम्म सञ्चार सम्पर्क विहिन रहि सहभागिता जनाई बिग बोसको ट्रफी जित्नेछन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार २१:५१