८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

१९ वर्षमुनीको आइसिसी विश्वकप छनौटः ओमानलाई १ सय ५० रनले पराजित गर्दै नेपाल विजयी


३ वैशाख, काठमाडाैँ । १९ वर्षमुनीको आइसिसी विश्वकप छनौट प्रतियोगिता अन्तरगत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १ सय ५० रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ओमन मात्र ४४.१ ओभरमा ७९ रनमा अलआउट हुन पुग्यो ।

नेपालका बलरहरुले कसिलो बलिङ गरेपछि ओमनका नौ खेलाडीले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले सर्वाधिक १३ रन बनाए । नेपालका लागि पवन शरार्फले ३ विकेट लिए भने सूर्य तामाङ र प्रतिश जिसीले २–२ विकेट लिए । यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १४:२१