१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

१९ वर्षमुनिको आइसिसी विश्वकप छनौट: नेपालद्वारा मलेसिया ८ विकेटले पराजित


२ वैशाख, काठमाडौँ । १९ वर्षमुनिको आइसिसी विश्वकपका लागि भइरहेको एसियन क्षेत्र अन्तर्गत छनोटको तेस्रो ख छ । नेपालले दुई विकेट गुमाएर १३ ओभरमा विजयी लक्ष्य भेट्टाएको हो। नेपालले जितको लागि ९३ रनको चुनौति पछ्याएकोमा १३ ओभरमा ९५ रन बनायो ।

नेपाललाई विजयी गराउन रित गौतमले नटआउट ३९ र रोहित पौडेलले ६ रनको योगदान दिए । त्यस्तै नेपाललाई विजयी गराउने क्रममा पवन सराफले १९ रन र आसिफ शेख २६ रनको योगदान गरे ।


मलेसियालाई सस्तैमा समेटने क्रममा कुशल मल्ल र पवन सर्राफले समान ३–३ विकेट लिए भने कमलसिंह ऐरीले २ र  सागर ढकालले एक विकेट लिए। पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल दोस्रो खेलमा वर्षाका कारण युएईसँग १ रनले पराजित भएको थियो।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार ११:२३