१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

इन्डियन्स प्रिमियर लिगः सनराइजर्स हैदराबादलाई दिल्ली क्यापिटल्सले ३९ रनले हरायो


२ वैशाख, काठमाडाैँ । इन्डियन्स प्रिमियर लिगकाे  आइतबार भएको खेलमा  दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ३९ रनले हराएको छ । यो जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रन बनायो । उसका लागि कप्तान श्रेयस ऐयरले ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए ।

जवाफमा हैदराबाद मात्र १८ ओभर ५ बलमा एक सय १६ रनमा अलआउट भयो । राम्रो सुरुवात गरेको हैदराबादले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे पनि त्यसपछिका ब्याट्सम्यान एकपछि अर्को रुपमा आउट भए । उसका लागि डेविड वार्नरले ५१ तथा जोनी बेयरिस्टोले ४१ रन बनाए । जितपछि दिल्ली आठ खेलमा ५ जितका साथ १० अंक बनाउदै दोस्रो स्थानमा उक्लेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार ०८:४७