१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नाट्टाले सदस्य संस्थाको क्षमता अभिवृद्भि गर्ने


१ वैशाख, काठमाडौँ । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले सदस्य संस्थाको क्षमता अभिवृद्भि गर्ने भएको छ । भिजिट नेपाल २०२० सफल पार्नका निम्ति महत्वपूर्ण भूमिका खेल्ने टुर एण्ड ट्राभल अपरेटरहरूको क्षमता अभिवृद्भिका लागि कोर्ष नै बनाएर तालिम सञ्जालन गर्न लागिएको महासचिव रमेश थापाले दैनिकीलाई जानकारी दिए । पर्यटनसँग सम्बन्धित सरकारका हरेक गतिबिधिमा सक्रिय सहभागिता जनाउँदै आएको नाट्टाको यो तालिम ट्राभल तथा टिकेटिङको हुने तालिमको संयोजक समेत रहेका महासचिव थापाले बताए ।

नाट्टा महासचिव एवं तालिम संयोजक रमेश थापा।

 

विभिन्न शीर्षकमा विगतमा समेत यस्ता क्षमता अभिवृद्भिको तालिम सञ्जालन गरिएको भन्दै महासिचव थापाले ट्राभल तथा टिकेटिङको यो तालिम वैशाख २ गते सोमबारदेखि वैशाख १२ गतेसम्म सञ्चालन हुने बताए । व्यवसायीको समयलाई मध्यनजर गर्दै तालिम हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्नेगरी तालिका मिलाइएको थापाले बताए ।

तालिममा टुर एण्ड ट्राभल व्यवसायमा रहेका र केही यही व्यवसाय सुरू गर्ने तयारीमा रहेका १२ जना सहभागी हुनेछन । नाट्टाको आफ्नै भवनमा हुने तालिममा ट्राभल सम्बधी सैदान्तिक र व्यवहारिक ज्ञान, कम्युनिकेसन, डिजिटल मार्केटिङ जिडिएसरबिएसपी, आएटा अपडेट लगायतको विषयमा जानकारी गराइने महासचिव थापाले बताए । थापाका अनुसार उच्च तथा महाविध्यालयमा अध्ययन गरेका तर व्याबहारिक ज्ञानको कमीले गर्दा असुविधा भोगेका व्यवसायीले यस तालिमबाट विशेष लाथ लिन सक्नेछन ।

प्रकाशित मिति : १ बैशाख २०७६, आईतवार २१:५६