७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नयाँ वर्षका लागि ल्याण्डमार्क होटलको आकर्षक प्याकेज सार्वजनिक


३० चैत, काठमाडौँ । सम्राट गुप्रको ल्याण्डमार्क फरेस्ट पार्क सौरहा चितवन तथा होटल ल्याण्डमार्क पोखरा र काठमाडाैँले नेपालीहरूको नयाँ वर्ष केन्द्रीत गरेर प्याकेज सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७६ का लागि उसले नेपालीहरूका लागिमात्र आकर्षक प्याकेज सार्वजनिक गरेको हो । आन्तरिक पर्यटकका लागि ध्यान दिएर आकर्षक प्याकेज सार्वजनिक गरिएको सम्राट ग्रुपका सिईओ सिएन पाण्डेले जानकारी दिए । समय मिलाएर वैशाख महिनाभर नेपालीले नयाँ वर्ष मनाउने भएकाले एक महिनाको प्याकेज सार्वजनिक गरिएको पाण्डेले बताए ।

सिईओ पाण्डेका अनुसार चितवन, पोखरा र काठमाडाैँ तीनै होटलमा दुइ रात तीन दिनको प्याकेज समेटिएको छ । काठमाडाैँ र पोखरामा जोडीको १९९९९ रूपैयाँ नेपाली रूपैयाँको प्याकेज रहेको छ भने चितवनमा प्रति १०५०० को प्याकेज सार्वजनिक गरिएको छ। पाण्डेका अनुसार पोखरा जाने पर्यटकले होटल ल्याण्डमार्कमा १९ हजार ९ सय ९९ रुपैयाँमा एक जोडीका लागि खाने बस्ने सुविधा उपलब्ध गराईएकोछ । त्यस्तै काठमाडाैँमा पनि १९ हजार ९ सय ९९ रुपैयाँमा एक जोडीका लागि खाने बस्ने सुविधा उपलब्ध रहेको छ । चितवनमा भने एक जनाको १० हजार ५ सय रूपैयाँ एक जनको शुल्क लाग्नेछ ।  भिजिटि नेपाल २०२० को तयारी तीव्र रूपमा चलिरहेको अवस्थामा पहिला देश अनिमात्र विदेश भन्ने नारा व्यवाहारमा उतार्नुपर्ने बताए । देशभित्रै पर्याप्त घुम्ने गन्तव्यहरू रहेको भन्दै पाण्डेले अान्तरिक पर्यटन प्रवर्द्धनमा सबैले सहयोग गर्नुपर्ने बताए ।

हेर्नुस होटल ल्याण्डमार्क पोखराका तस्बीरहरू

हेर्नुस ल्याण्डमार्क फरेस्ट पार्क चितवनका तस्बीरहरू 

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार २२:५५