१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

अष्ट्रेलियाका नेपाली विज्ञहरुको चौथो सम्मेलन सम्पन्न (फोटोफिचर)


–बि उपाध्याय

एडिलेड। अष्ट्रेलियामा रहेका नेपाली मुलका विभिन्न बिषयका बिज्ञहरुको चौथो सम्मेलन स्किल नलेज एण्ड इनाेभेसन कन्फ्रेन्स सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलियाद्वारा आयोजित सम्मेलनको उद्घाटन दक्षिण अष्ट्रेलिया सरकारका उद्योग मन्त्री डेविट पिसाेनीले गर्नु भएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पिसोनीले सरकारले सीप र ज्ञान भएका सबैलाई अगाडि बढ्न अार्थिकरुपमा समेत गर्न तयार रहेकाले नेपाली समुदायलाई पनि अगाडि अाउन अनुराेध गर्नुभयाे ।

सम्मेलनमा विज्ञहरुले अध्ययन र कामको शिलसिलामा प्राप्त गरेका ज्ञानलाई नेपालको सन्दर्भ र अष्ट्रेलिया रहेका नेपालीहरुको हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर कार्यपत्रहरु पेश गरेका थिए । कार्यक्रममा टेलि कम्युनिकेशन विज्ञ इन्जिनियर हरि पाण्डे, सिभिल ईन्जिनियर निराजन गाैली,पारश सिटौला ,डाक्टर भरत राज पाैडेल, अर्थाेपेडिक डाक्टर कुश श्रेष्ठले कार्यपत्र पेश गर्नु भएकाे थियाे ।

सम्मेलनकाे उद्घाटन सत्रको सभापतित्व डाक्टर देवराज पौडेल र सञ्चालन रामकृष्ण निराैला र एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष अशोक केशीले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने पहिलो सत्रको डाक्टर राजु अधिकारी र दाेस्राे सत्रको एनआरएनए वसियाका संयाेजक धर्मराज अधिकारीले सभापतित्व र राजु उपाध्याय तथा निराजन गौलीले सञ्चालन गर्नु भएकाे थियाे ।

 

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार १८:००