१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नेपाल टेलिकमको लुटका बारेमा हेलो सरकार र सञ्चारसचिवलाई गुनासो, यसरी ठगिए अशोक


३० चैत, काठमाडाैँ । सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी(एनटिसी)को लुटका बारेमा उपभोक्ताले हेलो सरकार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव समेतलाइ गुनासो गर्न थालेका छन । गुणस्तरीय सेवामा सधैँ हेलचक्राइँ गर्दै आएको नेपाल टेलिकमले ग्रहकलाई लुट्ने गरेको छ । हुनत ग्राहकलाई लुट्नेमा एनसेल एक नम्बरमा रहेको छ तर उसको सेवाको गुणस्तरका कारण गुनासो कम सुनिन्छ । तर नेपाल टेलिकमले कमैमात्र लुट्दा पनि गुनासो बढी रहेको छ। यसको मुख्य कारण भनेको सेवाको गुणस्तर नै हो ।  नेपाल टेलिकममा जागिर खाने तर एनसेल लगायतको फाइदामा काम गर्ने इन्जिनियरहरूको समूहको कारण नेपाल टेलिकम बद्नाम हुँदै गएको छ ।

शुक्रबार राति बुटवलका अशोक तिमल्सिनाले एउटा ट्वीट गरे, मलाइ नेपाल टेलिकमले लुट्यो भन्दै । उनी गएरातिमात्र होइन केही दिनदेखि नेपाल टेलिकमले लुटिरहेको तथ्य नै प्रस्तुत गरेर हेलो सरकार र मन्त्रालयका सचिव महेन्द्रमान गुरूङलाइ समेत मेन्सन गरेर गुनासो गरे । यतिखेरसम्म हेलो सरकार र गुरूङ दुबैले उनको गुनासो सम्बोधनमा कुनै चासो देखाएका छैनन् । सायद सोमबार कार्यालय खुेलेपछि हेलो सरकारका तर्फबाट गुनासो सञ्चार मन्त्रालयमा पठाइएको भनेर रेसपोन्स होला भन्ने अपेक्षा गर्न सकिन्छ ।

के भएको थियो ?

अशोकले नेपाल टेलिकमले नाईट प्याक राति १० बजेदेखि बिहान ६ बजेसम्मको सेवा लिए । तर पैसा उही लिएर उनलाइ टेलिकमले राति ११ बजेदेखि बिहान ६ बजेसम्मकोमात्र प्याक दियो । लागातार तेस्रो दिन यसैगरी ठगिएपछि उनले शुक्रबार राति भने सञ्चार सचिव र हेलो सरकारलाइ मेन्सन गरेर गुनासो नै गरे ।

हेर्नुहोस् अशोकको ट्वीट

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार १०:४६