१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

परदेशमा पञ्चे वाजा घन्काउदै नेपाली युवाहरु


एडिलेट । नेपाली युवाहरुमा हिन्दी र अंग्रेजी गितकाे माेह धेरै हुने गरेकाे छ । त्यसमा पनि अष्ट्रेलिया जस्तो देशमा पश्चिमा गित संगित प्रति आकर्षण हुनु शाेभाविक नै हो । तर एडिलेट शहरका केही उत्साहित युवाहरुले पञ्चे वाजा बजाउन थालेका छन् । हालैमा सात जनाकाे नेपाली पञ्चे वाजा समूह एडिलेटले नेपालबाट पञ्चेबाजा अर्थात दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहना मगाएर बजाउन शुरु गरेका छन् ।

आफुहरुले नेपाली राष्ट्रिय पोशाक गैर्ह नेपाली समुदायको बिचमा नेपाली पहिचानको रुपमा स्थापित भएकाे र अब नेपाली मौलिक संगितलाई पनि स्थापित गर्ने मुख्य उद्देश्यले बाजा बजाउन शुरु बताउछन् समुहका एक सदस्य गणेश पराजुली । उनी थप्दै भन्छन् `यहाँ जन्मे हुर्केको नयाँ पुस्तालाई हाम्राे माैलिक संगितको जानकारी गराउने प्रयास पनि हो ।

गत बर्ष देखि नै बाजा ल्याउने छलफल चलाए पनि मुर्तरुप पाएको थिएन । एडिलेटमा यहि अप्रिल १४ मा हुन लागेको नेपाल फेस्टिवलमा केही नेपाली मौलिकता झल्कने प्रस्तुति प्रस्तुत गरौ भनेर समुहका सदस्यहरुको व्यक्तिगत खर्चमा बाजा ल्याएको पराजुली बताउछन् । समुहका सदस्यहरुले केही दिन अगाडि नेपाल फेस्टिबलको प्रचार प्रसारका लागि एडिलेटकाे मुख्य केन्द्र मानिने रन्डल महलमा सांगीतिक कार्यक्रम प्रस्तुति प्रस्तुत गरेको थियो ।

प्रस्तुतिलाइ गैर्ह नेपालीहरुले उत्सुकता पुर्वक अवलोकन गरेका थिए । मौलिक नेपाली गित र संगितले साे क्षेत्र नै नेपालीमय भएको थियो । पराजुलीका अनुसार एडिलेट शहरमा सार्वजनिक रुपमा पञ्चेवाजा वाधन पहिलाे पहिलाे पटक हाे । परदेशी भुमिमा आफ्नो पहिचान झल्काउने पञ्चेबाजा वाधन हुने कुरा गर्व र ईज्जत भएकाे स्थानीय नेपाली समुदायका अगुवा तथा एनआरएन अष्ट्रेलियाका सदस्य नवीन सागर बताउछन् । अर्का नेपाली समुदायका अगुवा हेम खनालले एडिलेट शहरमा पञ्चेवाजा भित्र्याउने कार्यले यहाँका गैर्ह नेपालीहरुका बीचमा नेपाली वाद्ययन्त्रकाे पहिचान स्थापित गर्ने महत्त्वपूर्ण प्रयास सफल हुने बताए ।

नेपाली पञ्चे वाजा समूह एडिलेटका संयाेजक रामकृष्ण शर्मा अनुसार आगामी आइतवार हुन गइरहेको नेपाल फेस्टिवलमा समुहको विशेष प्रस्तुति हुनेछ । शर्माका अनुसार नेपाल फेस्टिबल पछि पाउने प्रतिक्रियाहरुलाई हेरेर समुहले बाजालाई सार्वजनिक कार्यक्रममा मात्र सिमित गर्ने कि स्थानीय नेपालीहरुको व्यक्तिगत कार्यक्रमहरुमा समेत बजाउने निर्णय हुने वताए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १७:०२