११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

आईसीसी यू-१९ विश्वकप क्रिकेटः नेपालले आफ्नो पहिलो खेल शुक्रबार सिंगापुरसँग


२९ चैत, काठमाडौँ । आईसीसी यू-१९ विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आज सिंगापुरसँग खेल्दै छ । सेलंगोर टर्फ क्लबमा नेपाली समयअनुसार बिहान सात बजेर ४५ मिनेटमा सिंगापुरसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । बलियो टिमको रुपमा परिचित नेपाल आफ्नो पहिलो खेलमा सिंगापुरलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । सिंगापुर भने नेपाललाई हराउने लक्ष्यमा हुनेछ ।


रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिदैछ । सिनियर राष्ट्रिय टिमका चार जना खेलाडी र अनुभवी खेलाडीको बाहुल्यता रहेको नेपाल एसिया क्षेत्र छनोटको विजेता बन्दै विश्वकपमा पुग्ने लक्ष्यमा छ । प्रतियोगिताको पहिलो दिन नै आयोजक मलेसियाले यूएईसँग प्रतिस्पर्धा गर्दा शुक्रबार नै कुबेतले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार ०९:२८