१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

भारतको सबैभन्दा ठूलो विमान कम्पनी जेट एयरवेज टाट पल्टियो, सबै अन्तर्राष्ट्रिय उडान रद्द


२९ चैत, काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमान कम्पनी जेट एयरवेज टाट पल्टिएपछि सबै अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । आर्थिक संकटकै कारण उडान रद्द गरेको एयरवेजले जनाएको छ । जेट एयरवेजले अन्य १० विमानहरुलाई पनि सेवाबाट हटाएको छ । यसरी जेटले हालसम्म ७९ विमानहरुलाई सेवाबाट हटाइसकेको छ ।

जेटलाई ऋण प्रवाह गरेका बैंकहरुको तर्फबाट एसबीआई क्यापिटलले एयरवेजको ३१ देखि ७५ प्रतिशतम्म शेयर बेच्न लिलाम बढाबढको सूचना जारी गरेको छ । एसबीआई क्यापिटलले १२ अप्रिलबाट लिलाम बढाबढको प्रक्रिया सुरु गर्ने जनाएको छ । अन्तिम म्याद ३० अप्रिलसम्म तोकिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार ०९:११