१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मानवतस्करीमा नेकपा सांसदको संलग्नताबारे छानविन हुँदै, शाहको संयोजकत्वमा समिति गठन


२४ चैत, काठमाडाैँ । रातो पासपोर्टको प्रयोग गरी मिलेमतोमा मानवतस्करी गर्न खोजेको अारोप लागेका नेकपाका सांसदमाथि छानविन हुने भएको छ । कर्णाली प्रदेशको नेकपाको संसदीय दलको बैठकले सांसदहरू अमरबहादुर थापा र सीता नेपाली माथि लागेको अारोप गर्न संसदीय समिति गठन गरेको हो । छनविन समितिका संयोजक समेत रहेका दलका प्रमुख सचेतक गुलाबजंग शाहले सत्य तथ्य कुरा अनुसन्धान गरी पार्टी समक्ष सिफारिस गर्ने जिम्मेवारी पाएको र काम सुरू गरेको जानकारी दिए । समितिको सदस्यमा सांसदद्धय गोपाल शर्मा र काैशिला खत्री रहेका छन ।

छानविन समितिका संयोजक गुलाबजंग शाह ।

सांसदद्धय थापा र नेपालीले मानवतस्करीको गिरोहबारे अाफूहरूलाइ जानकारी नभएको बताएपनि तथ्यहरूले उनीहरूको संलग्नता पुष्टि गरिसकेको छ । यता महानगरीय अपराध महाशाखाले पनि उक्त प्रकरणमा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म ओएस नेपाल नामको अनलाइन मिडियाको योजनामा मावनतस्करीको सेटिङ बनेको पुष्टि नै भएको छ भने बाँकी विषय प्रहरीले पुष्टि गर्ने तयारी गरिरहेको छ ।

महानगरीय अपराध महाशाखाले अमेरिका जाने लोभमा ठगिएका नेपालीहरूको सम्बन्धमा कान्तिपुर दैनिक र दैनिकी डटकम अाएको समाचारपछि अनुसन्धान प्रक्रिया जारी राखेको छ । विभिन्न कार्यक्रमको बहानामा नेपालीलाइ अमेरिका प्रवेश गराइ ओएस नेपालले मानवतस्करी गरिरहेको पत्ता लगेको हो । ओएस नेपालको यो तस्करीको विषय अमेरिकी दूतावासले समेत नोटिसमा लिइसेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले दैनिकीलाई जानकारी दिए । सांसदहरूको सहभागिता देखाएर त्यही बहानामा अरू मानिससँग लाखाैँ असुलगरी मानवतस्करी गर्न खोजेको उसको पछिल्लो प्रयास भने अमेरिकी दूतावासले असफल बनाइदिएको थियो ।

एसएसपी सिंहका अनुसार प्रहरी अहिले अनुन्धानकै क्रममा रहेको छ यद्यपी ओएस नेपाल नामक संस्थाका प्रमुख केशबहादुर कार्की र नेपालमा बसेर मानवतस्करीको गिरोह सञ्चालन गर्ने उसको एजेण्ड भरत डाँगीका विरूद्धमा मुद्दा चलाउने तयारी भैरहेको छ । कार्की अमेरिकामै रहेका छन भने उनका एजेण्ड डाँगी लाखाैँ रूपैयाँ उठाएर भूमिगत भएका छन । ओएस नेपालले यसअघि पनि कन्सर्ट, अवार्ड र विभन्न नाममा नेपालीलाई अमेरिका प्रवेश गराउने र १० देखि ३० लाखसम्म उठाउने गरेको रहस्य पत्ता लागेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा हुने ‘राष्ट्र निर्माणमा महिलाको भूमिका : अनुभव आदानप्रदान’ नामक कार्यक्रममा सहभागी हुने भन्दै रुकुम र दाङलगायत जिल्लाका दर्जन पीडितले भरत र उनले भनेका मान्छेलाई रकम बुझाएका थिए । सबैजसो पीडितले प्रतिव्यक्ति १० लाखभन्दा धेरै रकम बुझाएको बताएका छन् । मानव तस्कर गिरोहले दुवै सांसदलाई अघि सारेर अमेरिका लैजाने नाममा डेढ करोडभन्दा धेरै रकम उठाएको पाइएको छ ।

दुई सांसद समेतको अाशमा अमेरिका जान पैसा लगानी गरेर अन्तिम समयमा ठगिएकाहरूमा सुनीता खड्का, कपिता श्रेष्ठ, नवराज गोतामे, हिमाल बस्नेत, नरेश खड्का, विवेक खड्का, सुदर्शन लिम्बू, दिलीपकुमार थापा, सावित्री थापा कुँवर, तारापति पौडेल, पाना थापा क्षत्री र मीना ओली रहेका छन ।

यो पनि पढ्नुहोस्

–मिडियाको नाममा मानवतस्करीको धन्दा, ओएस नेपालका कार्की र डाँगीविरूद्ध मुद्दा चलाउने तयारी

–नेकपाकै सांसदकाे मिलेमताेमा यसरी हुँदैथियाे मानव तस्करी (भाग–२)

–रातो पासपोर्टधारी सांसदको मिलेमतोमा मानव तस्करी !

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार १३:२१