१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

दिपकराज गिरीको नयाँ चलिचित्र ‘छ माया छपक्कै’ वैशाखबाट छयांकन, नायिका एकमात्रै हुने


२६ चैत, काठमाडाैँ ।  दिपकराज गिरीको नयाँ चलिचित्र ‘छ माया छपक्कै’ वैशाखबाट छयांकन हुने भएको छ । गिरी र रोहित अधिकारीको संयुक्त टिमले निर्माण गर्ने ‘छ माया छपक्कै’को निर्माणको तयारी सुरू भएको हो । ‘वडा नम्बर ६’ देखि चलचित्र निर्माणमा सक्रिय आमा सरस्वती मुभिजले यसपटक पनि लक्की मानिएको ‘छ’ अक्षरलाई नै निरन्तरता दिएको हो ।

आगामी दशैँमा प्रदर्शन गर्ने भनिएको चलचित्रको निर्देशन दिपेन्द्र लामाले गर्नेछन भने दिपकराज गिरी र केदार घिमिरले अभिनिय गर्नेछन । यसपटक नायिक भने एकमात्रै हुने जनाइएको छ । नायिकासहित अन्य कलाकारको टुङ्गो लाग्न बाँकी रहेको बुझिएको  छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार ०९:५०