१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बिडिसिए कप क्रिकेट चैत २५ देखि


१९ चैत, काठमाडाैँ ।  यही चैत २५ गतेदेखि बैतडीमा बिडिएस कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७४ सञ्चालन हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौँमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा जिल्लाका १६ टोलीको सहभागिता रहने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार रु ३० हजार, द्वितीय पुरस्कार रु २० हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ ।

यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई रु पाँच हजार नगद र ट्रफी प्रदान गरिने छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७औँ संस्करण हो ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार १७:०३