११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

‘दबंग ३’ को आइटम गीतमा सलमान खानले सनी लियोनकाे सट्टा मौनी रोयलाई लिने


२४ चैत, काठमाडाैँ । ‘दबंग ३’ को आइटम गीतमा सलमान खानले सनी लियोनकाे सट्टा मौनी रोयलाई लिने भएका छन् । फिल्म ‘दबंग ३’ को आइटम गीतमा यसअघि अभिनेत्री सनी लियोनलाई लिइने बताइएको थियो । तर अहिले आएर भने सनी लियोन नभएर अभिनेत्री मौनी रोयलाई लिइएको खबर सार्वजनिक भएको छ ।

यसअघिका  फिल्मका निर्देशक प्रभु देवा र अरबाज खान याे गीतमा सनी लियोनलाई नै राख्न चाहिरहेका थिए । उनीहरुले सनी नै त्यस गीतका लागि ठिक रहेको बताइरहेका थिए । तर सलमानलाई भने सो आइटम गीतका लागि मौनी रोय नै ठिक रहेको लागेपछि उनले यस गीतमा सनी लियोन नभई मौनी रोयलाई चुनेका हुन । मौनीसँगै यस गितमा सलमान खानको पनि डान्स हुनेछ ।

पहिले फिल्म ‘दबंग’ मा अभिनेत्री मलाइका अरोडाको आइटम डान्स रहेको थियो भने ‘दबंग २’ मा करीना कपूर खानले आइटम डान्स गरेकी थिइन् । अब यस फिल्मको तेस्रो भाग ‘दबंग ३’ मा मौनी रोयको डान्स रहनेछ ।

फिल्म ‘दबंग ३’ मा सलमान खान, अभिनेत्री सोनाक्षी सिन्हा, माही गिल, टिनु आनन्द र अरबाज खानलगायतको मुख्य भूमिका रहनेछ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आईतवार १४:४९