१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेकपाकै सांसदकाे मिलेमताेमा यसरी हुँदैथियाे मानव तस्करी (भाग–२)


२२ चैत, काठमाडाैँ । अमेरिका लैजाने भन्दै डेढ करोड भन्दा बढी ठगी काण्डमा कर्णाली प्रदेशका दुई सांसदले नै अमेरिकी भिसाको लागि चाँजोपाँजो मिलाएको रहस्य खुलेको छ । मानव तस्करहरुसंगको मिलेमतोमा कर्णाली प्रदेशसभाका सांसदद्धय अमरबहादुर थापा र सीता नेपालीले सर्वसाधारणलाई अमेरिका जान पाइने आश्वस्त पार्दै भिसाका लागि काठमाण्डौको एक कन्सलटेन्सीमा अन्तर्वाता दिने तरिका समेत सिकाएको प्रमाण फेला परेपछि घटनामा उनीहरुको भूमिका भएको रहस्य खुलेको हो ।

नेकपाकी कर्णाली प्रदेशकी सचेतक सीता नेपालीका लागि प्राप्त भएको निमन्त्रणा ।

ओएस नेपाल नामक संस्थाले अमेरिकाको क्यालिफोर्नियामा आयोजना गर्ने ‘राष्ट्र निर्माणमा महिलाको भूमिकाः अनुभव आदानप्रदान’ नामक कार्यक्रममा सहभागी हुने भन्दै रुकुम र दाङलगायत जिल्लाका दर्जन भन्दा बढी सर्वसाधारणसँग सांसदद्धय थापा र नेपालीसमेत जाने भन्दै रोल्पाका भरत डाँगीले लाखौ रकम उठाएका थिए । सर्वसाधारणसँग लाखौँ रकम उठाएर डाँगी भागेपछि घटनामा आफनो संलग्नता नरहेको भन्दै पत्रकार सम्मेलन गरेका सांसदद्धय थापा र नेपालीले अन्तिम समयसम्म भिसाका लागि प्रयास गरेको तर दुताबासले फर्जी भन्दै रोकेको तथ्य समेत सार्वजनिक भएको छ।

भिसा नपाएपछि पीडितले पैसा फिर्ता माग्दै सांसद थापा र नेपालीलाई ताकेता गरेपछि बल्ल दुबै जनाले आफ्नो संलग्नता नरहेको भन्दै सुर्खेतमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा मानव तस्करी काण्डमा आफनो संलग्नता इन्कार गरेका सांसद नेपालीले भिसा अन्तर्वार्ताका लागि काठमाडौंको कन्सल्टेन्सीमा एक दर्जन सर्वसाधारणसंग कक्षा लिएका थिइन । सांसद थापाले भने आफनो पुरानै भिसा भएकोले आफ्नी श्रीमतिलाई कक्षा लिन पठाएका थिए ।

भिसाका लागि अन्तिम समय फागुन २९ गतेसम्मै अमेरिकी दूतावासमा बारम्बार धाएको र त्यसअघि पनि अमेरिका जाने आसमा लाखौं रुपैयाँ डुबाएका ११ जना पीडितले सांसदद्वय अन्तिमसम्म अमेरिका जान लागिपरेको र उनीहरूकै विश्वासमा पर्दा आफ्नो रकम डुबेको गुनासो गरेका छन् । भिसाका लागि अन्तर्वार्ता दिन फागुन २९ गते अमेरिकी दूतावास पुगेका दाङ, तुलसीपुरका हिमाल बस्नेतले सांसद थापालाई दूतावासअगाडि भेटेको बताए। उनले भने, ‘सांसद थापालाई भिसा लिने अन्तिम दिन दुताबास अगाडी भेटेको थिए ।’ नेताहरूसँगै जाने हो भनेपछि अमेरिका जाने आसमा १२ लाख रुपैयाँ डुबेको उनले बताए ।

सांसदद्वयले अन्तिम समयसम्म अमेरिका जान सकिने बताएको पीडितहरूको भनाई छ । नाम नखोलेका अर्का पीडितले भिसाको निम्ति दूतावासले लिने अन्तर्वार्ताको दिन पुगेका दस जनासँग सांसद थापा आफैंले भेटेर कुरा गरेका बताए । धेरैजसो पीडितले प्रतिव्यक्ति १० लाखभन्दा धेरै रकम बुझाएको बताएका छन । मानव तस्कर गिरोहले दुवै सांसदलाई अघि सारेर अमेरिका लैजाने नाममा डेढ करोडभन्दा धेरै रकम उठाएको पाइएको छ। यद्यपी थापाले

सचेतक नेपालीका लागि प्रदेशसभा सचिवालयले प्रधानमन्त्री कार्यालयलाइ लेखेको पत्र ।

अमेरिका लैजाने भन्दै रकम उठाइएको बारे कान्तिपुर दैनिक र दैनिकी डटकमले समाचार प्रकाशित भएलगत्तै घटनाबारे महानगरीय प्रहरी अपराध महाशाखाले छानबिन सुरु गरिसकेको छ। महाशाखाका एक अनुसन्धान अधिकारीले सांसदसमेत मुछिएको घटनाबारे प्रारम्भिक अनुसन्धानको काम भइरहेको बताए। ठगी काण्ड सार्वजनिक भएपछि सांसद थापा र नेपालीसंग अपराध महाशाखाका एक अनुसन्धान अधिकृतले सोधपुछ गरेका थिए। सांसद नेपाली नेकपा प्रदेश सभा संसदीय दलको सचेतक हुन ।

उनी पूर्व माओवादी केन्द्रबाट समानुपातिक कोटाबाट सांसद भएकी हुन । यसअघि २०७० सालको प्रतिनिधिसभामा पनि माओवादी केन्द्रवाट उनी दलको सचेतक थिइन । २०७० सालमा दैलेखबाट प्रतिनिधिसभा सदस्य भैसकेका थापा हाल दैलेखबाट प्रदेशसभामा निर्वाचित सांसद हुन । उनी कर्णाली प्रदेशसभाको अर्थ समितिको सभापति पनि हुन । दुबै जना नेकपा प्रदेश कमिटिका सदस्य हुन ।

निमन्त्रणा प्राप्त गर्ने १५ जनाको सूची ।

यो पनि पढ्नुहोस्

–रातो पासपोर्टधारी सांसदको मिलेमतोमा मानव तस्करी !

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार १७:५५