१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

माओवादी सांसद सुरेशचन्द्र दास भारतीय मतदाता


५ फागुन, काठमाडौैँ । नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा समेत रहेको खुलासा भएको छ । आजको नागरिक दैनिकले दासको भारतीय मतदाता सूचीमा नाम रहेको समाचार प्रकाशित गरेको छ । भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ । समाचार अनुसार भारत, बिहार राज्यको दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ ।

उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट इसिआई डट एअनाइसी डट आईएनमा भेटन सकिन्छ । दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ । उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आईडी) आईएजी ०३७३१८३ छ । उनको मतदाता क्रमांक १७५ छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार १०:०२