७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एक अर्कालार्इ अंगालोमा कस्नेहरु रुन्छन (गजल)


–तुलसी न्याैपाने 

एक दिन पक्कै पिरतिमा फस्नेहरु रुन्छन
एक अर्कालार्इ अंगालोमा कस्नेहरु रुन्छन ।

सबै कुरा गुमाए जोगि बनि हिड्छु भन्दै
त्यागी बनि खरानी घस्नेहरु रुन्छन ।

यो तनावनगरी सहरबाट मुक्ति पाउ भन्दै
एकान्त छहारिमा बस्नेहरु रुन्छन ।

उन्कै लागी मोतिदाना खोजी ल्याउछु भन्दै
समुन्द्रकै गहिराई भित्र पस्नेहरु रुन्छन ।

बग्या खोला फर्कदैन भन्ने कुरा जन्दाजान्दै
आफ्नो भाग्य आफैले मस्नेहरु रुन्छन
एकदिन पक्कै पिरतिमा फस्नेहरु रुन्छन
एक अर्कालाइ अङ्गालोमा कस्नेहरु रुन्छन ।।

प्रकाशित मिति : १८ चैत्र २०७४, आईतवार १४:४०