८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

टाउकोको दुखाईबाट आराम पाउने ६ घरेलु उपाय यस्ता छन्


१७ चैत, काठमाडाैँ । चिन्ता, कामको चाप तथा विभिन्न वाह्य कारणले टाउको दुख्ने गर्द छ । टाउको दुखाईबाट धेरै जना पीडित छन् । टाउको शरीरको संवेदनशील अंग भएकाेले टाउको दुखाईलाई सामान्य रुपमा लिन नहुने डाक्टरहरु बताउँछन् । टाउको दुखाईबाट घरमै आराम पाउन हामी सामान्य उपचार गर्न सक्छौ जसले केहि क्षणमा नै राहत प्रदान गर्छ ।

तेलले मसाज गर्नुस्

यदि तपाईलाई बारम्बार टाउको दुखिरहन्छ भने तपाईले तेलले मसाज गर्न सक्नुहुन्छ । कपालको जरामा तेल लगाएर हल्का मसाज गर्ने गर्दा बारम्बार हुने टाउको दुखाईको समस्याबाट छुटकारा मिल्छ । यसका साथै नरिवल र बदामको तेल मिसाएर मालिस गर्दा पनि फाइदा मिल्छ । पिपरमेन्ट र युकेलिप्टसको तेल पनि टाउको दुखाईको लागि राम्रो औषधिको रुपमा लिइन्छ ।

गाईको दूध

टाउको दुख्ने समस्या दोहोरिरहन्छ र औषधिले पनि काम गरिरहेको छैन भने हरेक दिन गाईको मन तातो दूध पिउँने गर्नुस् तपाईंको टाउकोको समस्या विस्तारै कम हुँदै जान्छ । त्यस्तै ल्वाङमा नुन मिसाएर चुर्ण बनाउने र टाउको दुखेको समयमा उक्त चुर्ण र गाईको काँचो दूध टाउको मा लगाउँदा पनि टाउको दुखाई तुरुन्तै कम हुन्छ ।

पानी

हल्का टाउको दुख्दा एक गिलास पानी पिउँन सकिन्छ । आधा गिलास तातो पानीमा कागतीको रस हालेर पिउँदा टाउको दुख्न कम हुँदै जान्छ ।

धनियाँ र चिनी

ज्वरो वा रुघाखोकीको कारण टाउको दुखेको हो भने धनियाँको पाउडर र चिनी मिसाएर झोल पिउँदा आराम मिल्छ ।

कफि

कफिमा पाइने क्याफिनले दुखाई कम गराउँछ । जसले पेन किलरको काम पनि गर्छ । यसको प्रयोग माइग्रेन र टाउको दुख्ने रोगका विरामीको लागि फाइदाजनक मानिन्छ ।

अदुवाको चिया

अदुवा हालेर बनाएको चिया पिउँदा पनि टाउको दुखाई कम हुने गर्छ । अदुवामा एन्टी–इन्फ्लेमेटरी भन्ने तत्व हुने भएकाले त्यसले दुखाईलाई कम गराउँन मद्दत गर्छ । यसले तनाव, माइग्रेन जस्ता समस्यालाई भगाउँन सहयोग गर्छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार १७:२२