Logo

इतिहासको अपव्याख्या गरेर नेपाल पत्रकार महासंघको स्थापना दिवस



–सूर्य थापा

नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले आफ्नो आरोह–अवरोहपूर्ण अतीतका छ दशकभन्दा लामो अवधि पार गरेको छ । नेपाल पत्रकार संघ (२००८) हु“दै नेपाली पत्रकारहरु आफ्नो हकहित र सुरक्षाको उद्देश्यका खातिर संगठित हु“दै आएको लामो र गौरवशाली इतिहास छ । यसक्रममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको बहाली र रक्षाका निम्ति पत्रकारहरूले सम्झौताहीन संघर्ष गर्दैै आजको उचाइमा नेपाल पत्रकार महासंघको छवि, हैसियत र संगठनात्मक सञ्जाललाई स्थापित गरेको स्पष्ट देख्न सकिन्छ । पटक–पटक निरंकुश सत्ताको प्रहार खेप्न बाध्य हु“दै २०५४ भदौ ३० गते सम्पन्न १८औ“ महाधिवेशनले पहिलोपल्ट संगठनलाई महासंघको स्वरूपमा बदलेर सभापतिमा किशोर नेपाल र महासचिवमा सुरेश आचार्यलाई निर्वाचित गरेको पाइन्छ । त्यसयता छ जना सभापति/अध्यक्षहरू (सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, शिव गाउ“ले र महेन्द्र विष्ट) ले महासंघको नेतृत्व गरिसक्नुभएको छ ।

गोरखापत्रमा प्रकाशित समाचार । संकलकः प्रकृति अधिकारी ।

स्थापनाकाल (२००८) देखि २०५४ सम्म आइपुग्दा नेपाल पत्रकार संघको नेतृत्व सत्यनारायणबहादुर श्रेष्ठ, कृष्णप्रसाद उपाध्याय (भट्टराई), दाताराम शर्मा, फत्तेबहादुर सिंह, पशुपतिदेव पाण्डे, मणिन्द्रराज श्रेष्ठ, गोपालदास श्रेष्ठ, गोकर्णदेव पाण्डे, इन्दुकान्त शर्मा, मञ्जुरत्न शाक्य, निर्मलकुमार अर्याल, मणिराज उपाध्याय, गोविन्द वियोगी, होमनाथ दाहाल र हरिहर विरहीले सम्हाल्नुभएको पाइन्छ । यसरी पत्रकार संघ र महासंघको नेतृत्व २० जना अध्यक्षले सम्हालेर संगठनले समृद्ध इतिहास र अनुभव हासिल गरिसकेको अवस्था छ ।

स्थापनाबिन्दुः जेठ २००८
जहानिया“ राणाशासनको अन्त्यस“गै २००७ सालमा मुलुक आधुनिक युग, चेतना र लोकतन्त्रको मिर्मिरे बिहानीमा प्रवेश ग¥यो । स्वतन्त्रता बहाली भएको त्यही उषाकालमा २००८ साल जेठमा (गते प्राप्त हुन नसकेको) सत्यनारायणबहादुर श्रेष्ठ सभापति र भोजबहादुर सिंह न्यौपाने (सेक्रेटरी) रहेको नेपाल पत्रकार संघ स्थापना गरिएको थियो । २००९ साल वैशाख २२ मा आर्यसमाज मन्दिर भोटाहिटीमा दोस्रो सभा गरी पत्रकार संघको नेतृत्वमा विस्तार र पुनःगठन गरेको देखिन्छ, जसअनुसार सत्यनारायणबहादुर श्रेष्ठ (सभापति), प्रेमराज शर्मा (उपसभापति), भोजबहादुर सिंह न्यौपाने (सेक्रेटरी), रामहरि जोशी (ज्वाइन्ट सेक्रेटरी) र रामराज शर्मा (कोषाध्यक्ष) तथा सदस्यमा नारायणप्रसाद उपाध्याय, देवेन्द्रराज शर्मा, भीमभक्त जोशी र प्रकाशचन्द्र टन्डन रहनुभएको थियो । स्थापनाकालमा नेपाल पत्रकार संघको उद्देश्य ‘नेपाली पत्रकार तथा नेपाल बाहिरका पत्रकारको संगठन गरी तिनीहरूको आवश्यक सुविधाका लागि प्रयत्नशील रहनु र नेपाल बाहिरका पत्रकारस“ग सम्बन्ध स्थापित गरी नेपालका श्रमजीवी पत्रकार र समाचारपत्रको अधिकारको रक्षा गर्नु’ रहेको थियो । २००९ साल पुसमा संघले सरकारसमक्ष आफ्नो तर्फबाट मागपत्र प्रस्तुत गरेको पाइन्छ । तर त्यसपछि २०१२ पुस १९ गतेसम्म नेपाल पत्रकार संघका तर्फबाट कुनै गतिविधि भएको पाइ“दैन ।

लेखकः सूर्य थापा

२०१२ मा स्थापना होइन, पुनःगठन मात्रै
स्थापनाको केही वर्ष बित्दा–नबित्दै नेपाल पत्रकार संघ निस्क्रियजस्तै हुन पुगेकाले २०१२ पुस १९ गते नेपाल समाचारका प्रकाशक उदयराज शास्त्रीको अग्रसरतामा पत्रकारको भेला आयोजना गर्ने प्रयत्न भयो । त्यसैक्रममा २०१२ चैत १६ गते आयोजित भेलाले नेपाल पत्रकार संघ (२००८) को नेतृत्वमा पुनःगठन गरी सभापतिमा कृष्णप्रसाद उपाध्याय (भट्टराई)–सम्पादक (नेपालपुकार) लाई चयन ग¥यो भने उपभसापति फत्तेबहादुर सिंह–सम्पादक (नेपाल भाषा पत्रिका), मन्त्री मणिराज उपाध्याय –सम्पादक (समाज), सहायकमन्त्री राम सिंह –सम्पादक (नेपाल टाइम्स), कोषाध्यक्ष उदयराज शास्त्री – प्रकाशक (नेपाल समाचार) र सदस्यहरू हृदयचन्द्रसिंह प्रधान–सम्पादक (जनचेतना), शारदा रेग्मी –सम्पादक (राष्ट्रवाणी) र राजबहादुर मित्र –सम्पादक (कर्मवीर) रहनुभयो ।
त्यतिबेला पुनःगठित संघको उद्देश्यमा समेत केही परिमार्जन गरियो । तद्नुरूप निम्न उद्देश्य तय गरियो ः
१ राष्ट्रको सर्वत्तोमुखी विकास र प्रजातान्त्रिक पद्धतिलाई सुदृढ बनाउन देशमा प्रबुद्ध र उत्तरदायी जनमतको सिर्जना गरी स्वच्छ पत्रकारिताको विकासमा सहयोग प्रदान गर्नु,
२ राष्ट्रिय हितमा धक्का नपर्ने गरी पत्रकारको हकअधिकारका लागि प्रयास गर्नु र
३ पत्र र पत्रकारउपर समय–बेसमय आइपर्ने कष्ट निराकरणका लागि आवश्यक कदम उठाउनु ।

यसरी नेपाल पत्रकार संघको पुनःगठन भएको दिन चैत १६ लाई नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवसका रूपमा मनाउने गरेको छ । यस सम्बन्धमा नेपाल पत्रकार महासंघको विधान २०५३ (पहिलो संशोधन २०५७) को परिच्छेद ९(४६) मा उल्लेख छ– ‘यो विधानद्वारा संगठित नेपाल पत्रकार महासंघ नेपालका सम्पूर्ण पत्रकारहरूको एक मात्र साझा र प्रतिनिधिमूलक संगठन मानिनेछ । यसका सदस्यहरूले महासंघको समानान्तर हुने गरी अर्को कुनै संस्था सञ्चालन गर्न पाउने छैनन् । यो महासंघ वि.सं. २०१३ सालमा स्थापित नेपाल पत्रकार संघको अविछिन्न उत्तराधिकारको निरन्तरता हो ।’(पृष्ठ १२–१३) यही व्यवस्थाको निरन्तरताका रूपमा नेपाल पत्रकार महासंघको विधान २०६० (दोस्रो संशोधन २०६६) को परिच्छेद १० (३७) (क) मा लेखिएको छः ‘२०१२ चैत १६ गते स्थापना भई क्रियाशील रहेको नेपाल पत्रकार महासंघलाई अविच्छिन्न उत्तराधिकारवाला संस्थाको रूपमा मानिनेछ ।’ (पृष्ठ २१) यसरी नेपाल पत्रकार महासंघको इतिहासलाई अपव्याख्या गरी गन्जागोल पार्ने काम भएको छ । जबकि २००९ साल बैशाख २२ मा भोटाहिटीमा भएको दोस्रो सभाले नेपाल पुकारका रामहरि जोशीलाई ज्वाइन्ट सेक्रेटरी चयन गरेको थियो । २०१२ चैत १६ मा नेपाल पुकारकै सम्पादक कृष्णप्रसाद उपाध्याय (भट्टराई) सभापति चयन भएको दिनलाई कुन ऐतिहासिक प्रमाण र पुष्टिका आधारमा महासंघको स्थापना दिवस मानेर मनाउन थालियो ? र, महासंघको विधानमै मिति किटान गरेर त्यसकै अविच्छिनता उल्लेख गरियो ? यो इतिहासको अपव्याख्या र तोडमरोड हो भन्न सकिने स्पष्ट आधार छ ।

गोरखापत्रमा प्रकाशित समाचार । संकलकः प्रकृति अधिकारी ।

यो त्यस्तो कालखण्डको निर्णय थियो, जतिबेला नेपाल पत्रकार संघका पूर्वसभापति कृष्णप्रसाद भट्टराई २०५६ पछि मुलुकको प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो र उहा“का प्रेस सल्लाहकार किशोर नेपाल नेपाल पत्रकार महासंघको सभापति हुुनुहुन्थ्यो । भावुकतावश गरिएको यस निर्णयले महासंघको इतिहास चार वर्ष छोटो मात्रै भएको छैन, ऐतिहासिक तथ्यको बेवास्तासमेत गरिएकाले खोटो छ भन्न सकिन्छ । दुनिया“भरि जहा“सुकै कुनै संस्थाको पुनःगठनको दिनलाई स्थापना दिवस मानि“दैन । नेपाल पत्रकार संघको स्थापना दिवस पनि चैत १६ गते होइन र मान्न सकि“दैन । सर्वमान्य रूपमा अध्ययन गरी निष्कर्षमा पुगेर अब यसको छिनोफानो लगाउनु अत्यावश्यक भएको छ । किनभने, यसमा हाम्रा अग्रजको राजनीतिक लगाव वा नियतले नै काम गरेको हो भनिहाल्नु त हतारो होला । तर इतिहास सही तथ्यको जगमा उभिएन भने त्यसको वैधता कायम हुन सक्दैन । जानीजानी गलत तथ्यको सिरानी हाल्न खोज्नु झन् चरम पूर्वाग्रह र राजनीतिकरण हुन जान्छ । मुलुकका तमाम सञ्चारकर्मीको छाता संगठन नेपाल पत्रकार महासंघ राजनीतिकरणको दुष्प्रभावबाट मुक्त भई साझा संगठनकै हैसियतमा अघि बढ्न सक्नुपर्दछ ।

संस्थापक अध्यक्ष होइन, सम्मानित अग्रज र अध्यक्ष
आधुनिक नेपालको लोकतान्त्रिक चेतना, जागरण र अग्रगतिमा कृष्णप्रसाद भट्टराई एक सम्मानित राजनेताको नाम हो । उहा“को त्याग, निष्ठा र भूमिका निर्विवाद छ । खासगरी २००७ को राणा शासनविरोधी संघर्षको एक अगुवा नेताका हैसियतमा नेपाली राजनीतिमा उहा“ले बा“चुन्जेल असाध्यै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । प्रधानमन्त्रीको हैसियतमा २०४७ को संविधान जारी गरी २०४६ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत गरेर अकुण्ठित प्रेस स्वतन्त्रताको कानुनी प्रबन्ध मिलाई मुलुकमा स्वतन्त्र प्रेसको प्रबद्र्धन गर्नसमेत उहा“को अतुलनीय योगदान रहेको छ ।

नेपाल पत्रकार संघको अध्यक्ष चयन भएपछि पहिलोपल्ट नेपालको गैरसरकारी प्रतिनिधिमण्डलको नेतृत्व गरी उहा“ले सोभियत संघको भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणका क्रममा नेपाली पत्रकारहरूले त्यहा“का राष्ट्रपति निकेता ख्रुश्चेभस“ग अन्तर्वार्तासमेत लिएका थिए, जो ऐतिहासिक महत्वको भेटघाटका रूपमा चर्चित बनेको थियो ।

उल्लिखित भूमिकाले कृष्णप्रसाद भट्टराई मुलुकमा स्वतन्त्रता बहालीको अभियानकै एकजना श्रद्धेय अग्रज र सम्मानित व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ । उहा“को समग्र योगदानलाई नेपाल पत्रकार संघको संस्थापक अध्यक्षमा बलपूर्वक सीमित गरेर प्रस्तुत गर्नु न्यायोचित, जायज र तथ्यसंगत होइन । उहा“ संस्थापक अध्यक्ष होइन भन्ने कुरा उल्लिखित ऐतिहासिक तथ्यहरूले नै स्पष्ट गर्दछन् । तर उहा“ नेपाल पत्रकार संघको अविरल प्रवाह आरम्भपछिको कष्टसाध्य यात्राक्रमका सक्रिय नेतृत्वकर्ता, अग्रज र सभापतिसमेत अवश्य हुनुहुन्थ्यो । करिब एक वर्ष नेपाल पत्रकार संघको अध्यक्ष रहनुभएका कृष्णप्रसाद भट्टराईसहित मणिराज उपाध्याय, फत्तेबहादुर सिंह र उदयराज शास्त्री आदिलाई गोपालदास श्रेष्ठसहितको समूहले २०१३ चैत १७ गते निश्कासनको घोषणा गरेको थियो । तर १२ दिन बित्दानबित्दै चैत २९ गते मेलमिलाप भई दाताराम शर्माको सभापतित्वमा सर्वसम्मतिले नया“ नेतृत्व चयन भयो, जसमा उपसभापति आदित्यप्रसाद पुरी, मन्त्री माणिकलाल श्रेष्ठ, उपमन्त्री मदन शर्मा र कोषाध्यक्ष विष्णुबहादुर रहेको देखिन्छ । सभापति भट्टराईले दाताराम शर्माको नेतृत्वलाई पत्रकार संघको नेतृत्व हस्तान्तरण गरी बिदा हुनुभएको देखिन्छ । तर दाताराम शर्मा नेतृत्वको पत्रकार संघसमेत सक्रिय र कामकाजी हुनसकेन । र, पहिले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वकालजस्तै निष्क्रिय बन्न पुग्यो । अझ कतिपय विवादमा नै रुमल्लिएर अघि बढ्न सकेन ।

पहिलो सम्मेलनः विवादको निरूपण
२०१८ भदौ ७ गते सगरमाथा संवाद समितिको कार्यालयमा आयोजित भेलाले नेपाल पत्रकार संघको नेतृत्वमा फेरि पुनःगठनको औचित्य आत्मसात् ग¥यो । तद्नुरूप फत्तेबहादुर सिंहको सभापतित्वमा सचिव मणिराज उपाध्याय, कोषाध्यक्ष उमाकान्त दास तथा सदस्यहरू गोपालदास श्रेष्ठ, मणिन्द्रराज श्रेष्ठ, श्यामप्रसाद र इन्द्रकान्त शर्मा रहेको नया“ नेतृत्व चयन गरियो । यसै अवधिमा संघ–संस्था रजिस्ट्रेसन ऐन, २०१९ अन्तर्गत नेपाल पत्रकार संघलाई विधिवत् दर्ताका लागि बैशाख २७ गते आवेदन गरेर वैशाख ३१ गते ‘देशको प्रचलित नियम–कानुनभित्र रही आफ्नो वर्ग र पेसाको उत्थान र उन्नतिको कार्य गर्न’ दर्ता स्वीकृति प्राप्त भयो ।

२०१९ भदौ १५ मा हालखबरका सम्पादक दाताराम शर्माले मीरा होम खिचापोखरीमा पत्रकारहरूको छुट्टै सभा गरेर पशुपतिदेव पाण्डेको सभापतित्वमा नया“ नेतृत्वको घोषणा गर्नुभयो, जसमा सेक्रेटरी माणिकलाल श्रेष्ठ, कोषाध्यक्ष विनय गुरुवाचार्य र शशिकला शर्मा तथा सदस्यहरू शिवहरिसिंह प्रधान, मदनलोचन सिंह र गोविन्द वियोगीसमेत ७ जना रहेको देखिन्छ । यसप्रकार पत्रकार महासंघका दुईवटा नेतृत्व बनेर अस्तित्वमा देखिए । यो दुःखद विडम्बना थियो । तत्पश्चात् चार वर्षसम्म दुवै संगठन आ–आफ्नैढंगले क्रियाशील रहे । अन्ततः २०२३ असार २७ गते पारस होटलमा भएको भेलाले दुवै संगठनको एकीकरण गरी फत्तेबहादुर सिंह, चन्द्रलाल झा, गोपालदास श्रेष्ठ, मदनमणि दीक्षित, मणिराज उपाध्याय र गोपालप्रसाद भट्टराईसहितको ७ सदस्यीय अस्थायी समिति गठन ग¥यो । यसै समितिले पत्रकार संघका समस्त दायित्वको पालना गर्ने निधो भयो । २०२३ साउन २५ मा संघको सभापतिका लागि मतदान गरियो, जसमा गोपालदास श्रेष्ठको ८ मतका विरुद्ध ९ मत प्राप्त गरी पशुपतिदेव पाण्डे निर्वाचित हुनुभयो । संघको महासचिव इन्द्रकान्त मिश्र र कोषाध्यक्ष गोविन्दप्रसाद प्रधान तथा सदस्यहरू गोपालदास श्रेष्ठ, उमाकान्त दास, गोपालप्रसाद भट्टराई, मणिन्द्रराज श्रेष्ठ, मदन शर्मा र मणिराज उपाध्यायसमेत रहेको देखिन्छ ।

संगठनभित्रका यस्ता तमाम फुट, विभाजन र मनोमालिन्य हटाउ“दै नेपाल पत्रकार संघको प्रथम सम्मेलन २०२३ साल फागुन २४–२७ गतेसम्म काठमाडौंमा आयोजना भयो । १३९ जना प्रतिनिधि सहभागी रहेको सम्मेलनले पहिलोपटक २२ सूत्रीय पत्रकार आचारसंहिता पारित गर्नुका साथै पशुपतिदेव पाण्डेलाई निर्विरोध सभापति चयन ग¥यो । सभापति पाण्डेले फागुन २८ गते महामन्त्री मदन शर्मा र कोषाध्यक्ष गोविन्दप्रसाद शर्मा तथा सदस्यहरू शंकरनाथ शर्मा, इन्द्रकान्त मिश्र, गोपालदास श्रेष्ठ, मणिराज उपाध्याय, गोपालप्रसाद भट्टराई, इन्द्रमणि मानव, मणिन्द्रराज श्रेष्ठ र रमेश घिमिरेसमेत १० जनालाई मनोनित गर्नुभयो । तर गोपालदास श्रेष्ठ र इन्द्रकान्त मिश्रले राजीनामा दिनुभयो । तथापि, प्रथम सम्मेलनले पत्रकार संघभित्र चल्दै आएका विवादको निरूपण गर्दै संगठनलाई एकताबद्ध र व्यवस्थित गर्न महत्वपूर्ण दिशानिर्देश ग¥यो ।

२०२५ मा भएको पत्रकार संघको दोस्रो सम्मेलनले मणिन्द्रराज श्रेष्ठलाई सभापति र शंकरनाथ शर्मालाई महामन्त्री निर्वाचित ग¥यो । तेस्रो सम्मेलन २०२६ बैशाख २८, २९ र ३० गते काठमाडौ“मा आयोजना भयो । चौथो सम्मेलन २०२७ जेठ १८ र १९ गते काठमाडौ“मै गरी गोपालदास श्रेष्ठ सभापति चयन हुनुभयो । २०२८ असार ७ गते पा“चौ“ र २०२९ कात्तिक ११ गते संघको पा“चौ“ र छैटौ“ सम्मेलन आयोजना गरिए । यसरी त्यतिबेला प्रायः एक÷एक वर्षमा नेपाल पत्रकार संघका सम्मेलन हुने परिपाटी विकास गरेको पाइन्छ । यसैक्रममा २०३० मा भएको सातौ“ सम्मेलनबाट गोकर्णदेव पाण्डे र २०३२ साउनको आठौ“ सम्मेलनबाट इन्दुकान्त शर्मा सभापति चयन हुनुभयो । २०३३ जेठ १४ को नवौ“ सम्मेलनपछि २०३५ कात्तिक २१ मा दशौ“ सम्मेलन भयो र मञ्जुरत्न शाक्य सभापति चयन हुनुभयो । उहा“ २०३७ फागुनको एघारौ“ सम्मेलनबाट पुनः सभापति बन्नुभयो । २०३९ मा भएको १२औ“ सम्मेलनबाट निर्मलकुमार अर्याल सभापति छानिनुभयो । यसपछि नेपाल पत्रकार संघ पञ्चायती सत्ता र पञ्चायतविरोधी कित्तामा विभाजितजस्तै बन्न पुग्यो । र, पञ्चायती सत्ताको पृष्ठपोषणमा आयोजित कथित १३औ“ सम्मेलन पञ्चायतविरोधी कित्ताले बहिष्कार नै ग¥यो । यसरी नेपाल पत्रकार संघ दोस्रोपटक विभाजनको स्थितिमा पुग्यो ।

पुनःगठनको अर्को पहल, पञ्चायतकै अन्त्यको दिशाबोध
निरंकुश राजतन्त्रको पञ्चायती खेमाको पृष्ठपोषकका रूपमा नेपाल पत्रकार संघको नेतृत्वको अधोपतनपश्चात् संगठनको इतिहास, संघर्षशील परम्परा तथा हैसियत र गौरवपूर्ण छविको संरक्षण गर्नु अत्यावश्यक बन्न पुग्यो । फलस्वरूप २०४३ भदौ २० गते काठमाडौ“को थापाथलीस्थित रोटरी क्लबमा नेपाल पत्रकार संघको तेह्रौ“ अधिवेशन आयोजना भयो । अधिवेशनमा पञ्चायती सत्ताले प्रहरी हस्तक्षेप ग¥यो, तर अधिवेशन नै रोक्नचाहि“ सकेन । थुप्रै पत्रकार प्रहरी ज्यादतीको निशाना बने । उक्त अधिवशेनले पदम ठकुराठीको प्रस्तावमा मणिराज उपाध्यायलाई निर्विरोध सभापति चयन गरेको घोषणा गर्दै अघिल्ला दुई नेतृत्व (११औ“ र १२औ“) लाई अवैध ठहर ग¥यो । सोही राति पद्म ठकुराठीमाथि कायरतापूर्वक गोली प्रहार भयो । उहा“ सख्त घाइते भए पनि सकुशल नै रहनुभयो ।

२०४६ असार ९ गते काठमाडौ“मा नेपाल पत्रकार संघको १४ औं अधिवेशन आयोजना भयो र गोविन्द वियोगी सभापति चुनिनुभयो । २०४८ फागुन २३ र २४ गते काठमाडौ“मा आयोजित १५औ“ महाधिवेशनले पनि गोविन्द वियोगी सभापति, पद्मसिंह कार्की महासचिव र नीरमान नेवालाई कोषाध्यक्ष चयन ग¥यो । २०४९ चैत ९ गते विराटनगरमा आयोजित १६औ“ महाधिवशेनले होमनाथ दाहाल सभापति र रघु पन्तलाई महासचिव निर्वाचित ग¥यो । २०५२ बैशाख १६ गते झापामा सम्पन्न १७औ“ महाधिवेशनले हरिहर विरही सभापति र चन्द्र भण्डारीलाई महासचिव चयन ग¥यो । र, २०५३ जेठ २८ र २९ गते धरानमा आयोजित वार्षिक साधारणसभाले नेपाल पत्रकार संघको नया“ विधान अनुमोदन गरी नेपाल पत्रकार संघलाई महासंघको नया“ स्वरूप प्रदान ग¥यो । यसरी पत्रकार संघको पुनःगठन र विकास प्रक्रियाले एकता, सहमति र अग्रगति हासिल गर्दै महासंघको स्वरूप हासिल गर्नुलाई एउटा ऐतिहासिक उपलब्धि नै ठान्नुपर्दछ ।

महासंघः नयाँ फड्को
२०५४ भदौ ३० गते १८औ“ महाधिवेशनले नेपाल पत्रकार महासंघको सभापतिमा किशोर नेपाल र महासचिवमा सुरेश आचार्यलाई निर्वाचित ग¥यो । महासंघीय ढा“चामा रूपान्तरणपश्चात्को महाधिवेशनले निर्वाचित गरेको यो पहिलो नेतृत्व थियो । यसै अवधिमा सभापति किशोर नेपाल (२०५६ असार १३) देखि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रेस सल्लाहकार नियुक्त हुनुभयो र मध्यमाञ्चल उपाध्यक्ष देवेन्द्र गौतमले कार्यवाहक अध्यक्षका रूपमा संगठनको नेतृत्व गर्नुभयो ।

२०५६ मंसिर १९ गते सम्पन्न १९औ“ महाधिवेशनबाट सुरेश आचार्य सभापति र तारानाथ दाहाल महासचिव रहेको नेतृत्व चयन भयो । त्यसैबेलादेखि महासंघको पदावधि तीन वर्ष कायम गरियो । सञ्चारग्रामको निर्माण, सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकारको हक, विज्ञापनको अधिकार र महासंघको आफ्नै भवन निर्माण सभापति आचार्यले निर्वाचनको क्रममा उठाएका मुद्दा थिए । तिनको कार्यान्वयन प्रक्रिया अघि बढाउने काम उहा“ निर्वाचित भएपश्चात् धेरै हदसम्म सम्पन्न भयो । २०५९ बैशाखमा काठमाडौंमा सम्पन्न २०औ“ महाधिवेशनले तारानाथ दाहाल सभापति र विष्णु निष्ठुरीलाई महासचिव निर्वाचित ग¥यो । यो अवधिमा नेपाली पे्र्रसले २०५९ असोज १८ र २०६१ माघ १९ का सत्तापलट र ‘कू’ खेप्नुप¥यो । स्वतन्त्रताको परिवेशमा फस्टाइरहेको नेपाली प्रेसले सैनिक हस्तक्षेप र ज्यादतीको समेत सामना गर्नुप¥यो । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को सदस्यता प्राप्ति, अन्तर्राष्ट्रिय ऐक्यबद्धता र समर्थन, जिल्ला–जिल्लामा महासंघको लागि जग्गा प्राप्ति र मिडिया सेन्टरको स्थापना यस कालका मुख्य उपलब्धि हुन् ।

२०६२ बैशाखमा काठमाडांैमा आयोजित २१औ“ महाधिवेशनबाट विष्णु निष्ठुरी अध्यक्ष, शिव गाउ“ले उपाध्यक्ष र महेन्द्र विष्ट महासचिव रहेको नया“ नेतृत्व चयन भयो । यस अवधिमा राजा ज्ञानेन्द्रको निरंकुश सत्ताको प्रहारविरुद्ध संघर्ष गर्दै महासंघलाई संविधानसभाको निर्वाचन, गणतन्त्र स्थापना र शान्तिपूर्ण राजनीतिक निकासको दिशामा संस्थागत रूपमै अघि बढाउने ऐतिहासिक पहल गरियो । तत्कालीन निरंकुश सत्ताले नेपाल पत्रकार महासंघलाई ‘आठौ“ दल’ को संज्ञा दिने तथा आफ्ना आसेपासे सामेल गरी छुट्टै कथित महासंघसमेत गठन गरी फुटको खेती गर्ने प्रयत्न नगरेको होइन, तर आमपत्रकारको सचेतनता र संगठित खबरदारीका कारण केही व्यक्तिको निरंकुश सत्ताको पूजारी बन्ने प्रयत्न असफल बन्न पुग्यो । र, पत्रकार महासंघले ‘पूर्ण प्रेस स्वतन्त्रताका लागि लोकतान्त्रिक गणतन्त्र’ स्थापनाको अपरिहार्यतामा जोड दिने निर्णयका साथ २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्ति उठाउन र सफल पार्न अग्रणी भूमिका निर्वाह ग¥यो । २०६१ माघ १९ को ‘कू’पश्चात् राजनीतिक दलहरूले चक्रपथबाहिर र बढीमा नया“ बानेश्वरमा जुलुस निकाल्ने प्रयत्न गरिरह“दा पत्रकार महासंघले सुरुमा गौशाला अनि भृकुटीमण्डप, रत्नपार्क र बबरमहलजस्ता सत्ताद्वारा निषेधित क्षेत्रका केन्द्रभागमै प्रदर्शन गरी एकैसाथ आ“ट, हिम्मत, साहस र जुझारुपन प्रस्तुत ग¥यो ।

२०६५ बैशाख २१ र २२ गते काठमाडौंमा आयोजित २२औ“ महाधिवेशनबाट धर्मेन्द्र झा अध्यक्ष, गोविन्द आचार्य उपाध्यक्ष र पोषण केसी महासचिव निर्वाचित हुनुभयो । यस अवधिमा महासंघ मूलतः सञ्चार संस्था र पत्रकारको सुरक्षालगायतका प्रश्नमा केन्द्रित हु“दै नवस्थापित पद्धतिको संस्थागत विकासमा क्रियाशील रह्यो ।

२०६८ वैशाख २१–२३ मा सम्पन्न २३औ“ महाधिवेशनले शिव गाउ“ले अध्यक्ष, यशोदा तिम्सिना उपाध्यक्ष र ओम शर्मालाई महासचिव निर्वाचित ग¥यो । यो कार्यकालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले करिब एक करोडको लागतमा सञ्चारग्राममै महासंघको आधुनिक भवन निर्माणको शिलन्यास गर्नुभयो । हालसम्म करिब चार करोडको लागतमा महासंघले आफ्नो भव्य कार्यालय भवन निर्माण गर्नुका साथै सुविधायुक्त गाडीसमेत सम्पत्तिका रूपमा प्राप्त गरेको छ । यसरी पहिलेको टिनको छाना भएको कार्यालय भवनको स्थानमा महासंघको केन्द्रीय कार्यालय भौतिक पूर्वाधारका हिसाबले अत्यन्तै व्यवस्थित हुने क्रममा रहेको छ । यो सफलता आमनेपाली पत्रकारले समाजमा हासिल गरेको इज्जत, प्रतिष्ठा र सम्मान तथा संगठित शक्ति र एकताबद्ध प्रयत्नको परिणाम हो ।

सन्दर्भ–सामग्री
देवकोटा, गृष्मबहादुर (२०२४), नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, साझा प्रकाशन, काठमाडौ“ ।
नेपाल पत्रकार संघको विधान, २०५१ ।
नेपाल पत्रकार महासंघको विधान २०५३ (पहिलो संशोधन २०५७) ।
दाहाल, तारानाथ (२०६०), हाम्रा अग्रज र हाम्रो इतिहास, पत्रकारिता माघ–चैत, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, काठमाडौ“ ।
नेपाल पत्रकार महासंघको विधान २०६० (दोस्रो संशोधन २०६६) ।
ओली सुदर्शन (२०६७) फर्केर हेर्दा नेपाल पत्रकार महासंघ, पत्रकारिता बैशाख, नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय, काठमाडौ“ ।

(थापाले २०७० सालमा लखेको यो लेख सान्दर्भिक भएकाले अाज पुनः प्रकाशित गरिएको हो ।–सम्पादक)

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार ०९:५३
प्रतिक्रिया दिनुहोस्