१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

प्रदेश नं ४ को समृद्धिको महत्वपूर्ण आधार पर्यटनः मन्त्री लम्साल


१८ चैत, कास्की । प्रदेश नं ४ को समृद्धिको महत्वपूर्ण आधार पर्यटन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताएका छन् ।

पोखरामा भएको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा आजदेखि हुन लागेको पर्यटन प्रवद्र्धनात्मक भ्रमणको विदाइ गर्दै मन्त्री लम्सालले सरोकारवालासँगको सहकार्यमा प्रदेश नं ४ को विकास अघि बढाइने बताएका हुन् ।

नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलको नेतृत्वमा पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मासहित पर्यटन सम्बद्ध संस्थाका क्रियाशील पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोली ढोरपाटन र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चारदिने भ्रमणमा निस्किएको हो ।

भ्रमणका क्रममा उक्त क्षेत्रका पर्यटन व्यवसायी एवम् सरोकारवालाबीच अन्तरक्रिया गरिने नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।

कार्यक्रम संयोजक कुलचन्द्र शर्माका अनुसार अध्ययन भ्रमण सकेर भ्रमण टोली २१ गते पोखरा फर्कनेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आईतवार १२:०२