८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कराेडाैँको भ्रष्टाचार छोप्न पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री विप्लव नेतृत्वको नेकपामा !


१४ चैत, काठमाडौँ । नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्री आफूले गरेको भ्रष्टाचार छोप्न बम र चन्दा आतंक मच्चाइरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको निकट पुगेका छन । उनले यसको संकेत स्वरूप एउटा सञ्चारमाध्यमको प्रयोग गरी आफ्नो धारणा सार्वजनिक गरेका छन । प्रधानसेनापति हुँदा सेनाको दोहन गरी करोडौँ रकम कुम्ल्याएका क्षेत्रीले आफ्नो भ्रष्टाचारको ढाकछोपका लागि अहिले विप्लव नेकपाको साहरा लिन खोजेको उनको अभिव्यक्तिबाट स्पष्टै हुन्छ ।

मुलत राजनीतिक एजेण्डा र विषयवस्तुमा बोल्ने त परैको कुरा नेपाली सेनाका वरिष्ठ अधिकृतहरूले अपराधलाइ प्रश्रय मिल्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको पाइदैन । भित्री रूपमा सहयोग गरे पनि सार्वजनिक रूपमै अपराधलाइ बल मिल्ने गरी क्षेत्रीले सरकारी कदमको विरूद्धमा दिएको अभिव्यक्ति आफ्नो करोडौँको भ्रष्टाचार लुकाउनका निम्ति विप्लव निकटको पार्टी निकट पुगेको संकेतको रूपमा हेरिएको छ ।

उनले विप्लवको अपराधिक गतिबिधलाइ समेत राजनीतिक भएको भन्दै ढाकछोपको प्रयत्न गरेका छन । क्षेत्रीले विप्लवसँग वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्‍नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी समेत दिएका छन । चैतभित्रै विप्लवलाई नियन्‍त्रणमा लिने तयारीसहित सुरक्षा निकायलाई परिचालन गरेको अवस्थामा केही महिनाअघि मात्र सेवानिवृत्त भएका उनले विप्लव माओवादीको गतिविधि राजनीतिक भएको भन्दै राजनीतिक तहबाटै सम्बोधन गरिनुपर्ने र हतारमा बल प्रयोग गर्न उचित नहुने भन्दै सरकारको आलोचना गरेका छन ।

उनले विप्लवको माग बेलैमा राजनीतिक रूपमा व्यवस्थापन गर्न नसकिए १० वर्षे हिंसाकै जस्तो अवस्था आउन सक्ने चेतावनी समेत दिएका छन । गत भदौ ३१ गते नेपाली सेनाको दोहन गरी क्षेत्रीले करोडौँको अकुत सम्पत्ति आर्जन गरेको खुलासा भएपछि तनावमा रहेका क्षेत्रीको यो विश्लेषणलाइ सुरक्षा अंगकै धेरैले राजनीतिक अभिव्यक्तिको रूपमा लिएका छन । कान्तिपुर पब्लिकेसनको नेपाल साप्ताहिकले क्षेत्रीको अकुत सम्पत्ति जोड्ने सिलसिला उपत्यकामात्रै खुम्चिएको छैन, मकवानपुर, चितवनसम्म फैलिएको छ भन्दै तथ्यहरू प्रस्तुत गरेको थियो ।

उनले सेनाको दोहन गरेर चितवनको जगतपुरमा ३८ करोड मूल्यको ३ बिघा जग्गा छ । हेटौंडा उपमहानगरपालिका वडानम्बर ४ र ११ मा घरसहित २५ करोडको जग्गा छ । काठमाडौंको सामखुसीमा २० करोडको, विशालनगरमा १८ करोडको, हात्तिसारमा १३ करोडको, ललितपुरको धोबिघाटमा २० करोडको र ललितपुरकै तिखिदेवलमा ५ करोडको घरसहितको जग्गा जोडेको उल्लेख गरेको थियो ।

क्षेत्रीको भ्रष्टाचारको विषय बाहिरिएपछि सदनदेखि सडकसम्म कारबाहीको विषय समेत उठेको थियो । असोज ४ गतेको संसद बैठकमा बोल्दै स्वतन्त्र संसद ह्रदयेश त्रिपाठी र नेकपाका संसद महेश बस्नेतले क्षेत्रीको अकुत सम्पत्तिको बारेमा छानिवन गरी कारबाही गर्नुपर्ने बताएका थिए ।

स्वतन्त्र सांसद ह्रदय त्रिपाठी विशेष समयमा क्षेत्रीमाथि कारबाहीको माग गर्दै 

उनीहरूले क्षेत्रीको अकुत सम्पत्तिको बरेमा सञ्चार माध्यमले ठूलो तथ्यसहित समाचार प्रकाशन गरिसकेकाले यस विषयमा छानविन गरी कारबाही अघि बढाउन माग गरेका थिए ।

नेकपका सांसद महेश बस्नेत संसदमा विशेष समयमा क्षेत्रीको भ्रष्टाचारको छानविनको माग गर्दै

भ्रष्टाचारको विषयलाइ लिएर क्षेत्रीलाइ कारबाहीको माग हुनु र उनले सार्वजनिक रूपमै विप्लवको पक्षपोषण गर्नुलाइ संयोगको रूपमा मात्र हेर्नु सरकार र अख्तियार दुरूपयोग अनुसन्धान अायोगको भुल हुनेछ । त्यसकारण अकुत सम्पत्तिको विषय उठान भैसकेपछि यसलाइ छानविन गरी टुंगोमा पुर्याउनुपर्छ । अन्यथा भ्रष्टाचार गर्नेहरू सबै विप्लवको छायाँमा बसेर राजनीतिक गफ दिने खेलाडी नबन्लान भन्न सकिन्न ।

यो पनि पढ्नुहोस्

–सेनाको दोहन गरी पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले कराेडाैँको अकुत सम्पत्ति जोडेको खुलासा

–भ्रष्टाचार गरी करोडौँ कुम्ल्याउने पूर्व प्रधानसेनापति क्षेत्रीलार्इ कारबाही गर्न सांसदको माग

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार २२:१०