१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पत्नी सीताको उपचार गरेर फर्किए प्रचण्ड, सीताको स्वास्थ्यमा व्यापक सुधार


१४ चैत, काठमाडाैँ । पत्नी सीता दाहालको उपचार गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन । बिहीबार साँझ स्वदेश फर्किएका प्रचण्डले पत्नीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको बताए । प्रचण्डले पत्नी सीताको उपचार राम्रोसँग र अस्पताल प्रशासनले समेत निकै चासो दिएको पनि बताए ।

पत्नी सीताको उपचारका लागि प्रचण्ड चैत्र ३ गते अमेरिका गएका थिए । प्रचण्ड पत्नी सिता पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित रहेकी छिन् । अमेरिकास्थित जर्ज टाउन हस्पिटल र जोन हकिन्स अस्पतालमा सो रोगको उपचार गरिएको र उपचारपछि स्वास्थ्यमा सुधार आएको प्रचण्डले जानकारी दिए ।

अमेरिकामा रहँदा आफूले पूर्व राजदूत, एसिया हेर्ने मुख्यमन्त्रीसँग भेटघाट गरेको र दुवै भेटघाट फलदायी रहेको प्रचण्डले बताए । यी भेटबाट आफूले अमेरिकाले नेपाललाई कुनै अफ्ट्यारोमा पार्ने मनासय नरहेको पाएको प्रचण्डको भनाइ थियो । प्रचण्डले अमेरिकामा रहेका केही नेपालीमा नेपालको बारेमा नकरात्मकता फैलाउने प्रवृत्ति रहेको बताए ।

उनले भने, ‘केहि मान्छेहरु अमेरिकामा यस्ता पनि रहेछन्, नेपालका शीर्ष नेताहरु अमेरीका जाँदा उनीहरुले नकारात्मक टिप्पणी गर्दा रहेछन् ।’ अमेरिकामा रहेका केही नेपालीहरुमा नेपालबाट नेता, प्रधानमन्त्री राष्ट्रपति जाँदा नकारात्मक सन्देश फैलाउन उद्त रहेको भन्दै क्रमशः तिनीहरु कमजोर हुँदै गएको बताए । प्रचण्डले आफूबिरुद्ध अमेरिकाको मेरिल्याण्ड राज्यको एक अदालतमा उजुरी परे पनि कुनै अप्रिय घटना नभएको र आफू उक्त राज्यको संसद र सिनेटमै पुगेर त्यो भ्रम चिर्न सफल भएको दावी गरे ।

लागि अमेरिका गएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक रुपमा पनि भ्रमण सफल भएको बताएका छन् । सीताको उपचार सकेर स्वदेश फर्केपछि विमानस्थलमा प्रचण्डले भ्रमणका बेला तिब्बत र उत्तर कोरियाको विषयमा अमेरिकी चासो देखिएपछि भेनुजेयला प्रकरणमा चाहिँ कुनै कुरा नभएको बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार २०:४८