६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

कांग्रेसभित्र शेरबहादुर देउवालाई संसदीय मर्यादा र अनुशासन सिकाउने यी व्यापारी को हुन ?


१४ चैत, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एक जना व्यापारिक पृष्ठभूमिका नेताले संसदीय मर्यादा र अनुशासन सिकाउने कोशिश गरेका छन । पार्टीको अनुशासन समितिमा उजुरी हाल्दै कांग्रेस गोरखाका नेता राजेन्द्रबजगाईंले देउवालाई मर्यादा सिकाउने कोशिस गरेका हुन ।

उनले देउवाले सामान्य मर्यादा समेत नजानेको भन्दै उजुरी मार्फत कारबाहीको माग गरेका हुन ।  बिहिबार पार्टीको केन्द्रीय अनुशासन समितिमा कांग्रेसका महासमिति सदस्य समेत रहेका गोरखाका राजेन्द्र बजगाईंले देउवाले बारम्बार पार्टीको हित विपरित काम गरेको भन्दै उजुरी दर्ता गरेका हुन् ।

उनले नेपाली कांग्रेसको संसदीय दल तथा प्रमुख प्रतिपक्ष दलका नेता माननीय शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीको सम्माननीय खड्गप्रसाद ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सर्वसम्मतिले पारित गर्न किन दिनुभयो भन्दै प्रश्न गरेका छन । उनले यस क्रियाकलापबाट संसदीय मयार्दामा चोट पुगेको र सिंगो पार्टीको साख गिरेको बताएका छन ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार २०:३२