११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

पूर्वमन्त्री सञ्जय कुमार शाहसहित ७ जनालाई जन्मकैदकाे फैसला


१४ चैत, काठमाडौँ । जिल्ला अदालत धनुषाले तत्कालिन सांसद एवंम् पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह टकलालाई जन्मकैद फैसला सुनाइएको छ । शाहसहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालत धनुषाका न्याययधीश जयशकुमार कटुवालको एकल इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको हाे । शाहसहित अर्जुन सिंह भनिने मुकेश चोधरी, राजु मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेन्द्र कर्ण र दिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाइएको हो ।

२०६९ साल वैशाख १८ गते जनकपुरको रामाचन्द चोकमा मिथिला आन्दोलनको क्रममा बम विष्फोट हुँदा ५ जनाको ज्यान गएको थियो । सो घटनामा टकला संलग्न रहेको आरोप लागेको थियो ।

उनी २०६४ सालको चुनावमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । यसैगरी २०७० को चुनावमा पनि उनी निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार १८:३०