१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

ओलीलाई मोदीको पत्र ‘भारतमा स्वागत गर्न आतुर छु’


५ फागुन, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्नुभएको छ । मोदीले ओलीलाई पत्र लेख्दै आफू भारतमा स्वागत गर्न आतुर रहेको बताउनुभएको छ । नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माले अुसार मोदीले चिठ्ठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेको बताउनुभएको छ । जवाफमा ओलीले बर्धाइ तथा शुभकामना दिएकोमा मोदीलाई धन्यवाद दिँदै उपयक्त समयमा भारत भ्रमण गर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार ०८:५१