७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा मोडलको फोटो, प्रहरीको बदमासी कि ह्याक भो ?


११ चैत, काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा एक जना मोडलको फोटो अपलोड भएको छ । विकिनमा रहेकी मोडलको तस्बीर जिल्ला प्रहरी कार्यालयको फेसबुक पेजमा १० मिनेट अघिमात्र विकिनीमा रहेकी एक मोडलको तस्बीर लपलोड भएको छ ।

यसअघि प्रहरीकै गतिबिधि अपलोड भैरहेको यस पेजमा अाकस्मिक रूपमा मोडलको विकिनीमात्रै लगाएको तस्बीर देखिएपछि प्रहरीकै यस्तो ताल छ अरूको के हुने भन्दै प्रतिक्रियाहरू अाइरहेका छन ।

यसअघि यही अकाउन्टमा जिल्ला प्रहरी कार्यालयका गतिबिधि यसरी सार्वजनिक भएका कारण यो पेज फेक नभएको थाहा हुन्छ । यो पेजमा वेसुरमा रहेका कसैले यस्तो तस्बीरहरू अपलोड गरेको अनुमान गर्न सकिन्छ । यद्ययी यसको बारेमा प्रहरीले पक्कै पनि छानविन गर्नेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार २०:३२