१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

निता अम्बानीले पिउने एक कप चियाको मूल्य ३ लाख भारु, यस्ताे छ कप


९ चैत, भारत, । भारतका मुकेश अम्बानी धानी मध्यकाे शीर्ष स्थानमा आउँछन्  । अम्बानी परिवार संसारभरी आफ्नो विलासी जीवनशैलीका कारण चर्चामा रहेका छन् ।  मुकेश अम्बानीकी श्रीमती निता अम्बानीले एक कप चियाकाे  भारू ३ लाख पर्ने चिया पिउने गरेकी छिन् ।

चियाजस्तो साधारण चिजपनि निता अम्बानीको घरमा तीन लाख पर्छ । निता अम्बानीको चियाको सुरुवात जापानको सबैभन्दा पुरानो क्रोकरी ब्रान्ड नोरिटेकको कपमा हुन्छ । नोरिटेक क्रोकरीमा सुनको बोर्डर छ । यसको ५० पिस सेटको मूल्य डेढ करोड भारु छ, अर्थात् एक कप चियाको मूल्य तीन लाख भारु पर्छ । एस्तै अन्य महँगा सामानहरू अब्बानी परिवारले प्रयाेग गर्ने गरेका छन् ।

निता अम्बानी संसारको सबैभन्दा महँगो एवं चर्चित ब्रान्ड पेड्रो गार्सिया, जिमी चु, पेल मोडा ब्रान्डका जुत्ता निता अम्बानी लगाउँछिन् । खबरका अनुसार निता अम्बानीको जुत्ताको मूल्य एक लाख भारुबाट सुरु हुन्छ ।

निता अम्बानीसँग एक विशेष नीजि विमान छ जुन उनलाई मुकेश अम्बानीले जन्मदिनमा उपहार दिएका थिए । यो विमानको मूल्य हो करिब चार सय १५ करोड भारु । एजेन्सी

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार १६:१९