१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नरेन्द्र मोदीलाई धक्का दिँदै अभिनेता संजय दत्त चुनावी मैदानमा


९ चैत, भारत । लोकसभा निर्वाचन नजिक आउँदैं गर्दा अभिनेता संजय दत्त अगाडी आएका छन् । दत्तका परिवार पुर्ण रुपमा राजनीतिक नैं हो । उनका पिता सुनील दत्त, आमा नरगिस र बहिनी प्रिया दत्त पनि राजनीतिमा नैं भएको भारतीय सञ्चारमाध्यमहरुको दावा रहेको छ ।

यदी अब संजय दत्त मैदानमा आए भने उनको परिवारमा उनी चौंथो सदस्य हुनेछन, जसले निर्वाचन लड्यो । संजय सन २००९ मा समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उत्तर प्रदेशमा राजनीतिक रुपमा समाजवादीलाई बलियो रुपमा हेर्ने गरिएको छ । यसरी उत्तर प्रदेशबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीलाई हराउँन यो रणनीति तयार भएको हुन सक्ने जानकारहरु बताउँछन् । उनलाई पार्टीमा महासचिवको पद दिइएको थियो ।

विशेष स्रोतका अनुसार उनलाई लखनउबाट उठाउँने तयारी भइरहेको थियो । अर्को कुरा, उनलाई मुम्बईमा भएको आतंककारी हमलामा संलग्न भएकोभन्दैं अदालतले जेल सजाय समेत्त सुनाएको थियो । अहिले उनले अदालतद्धारा तोकिएको सजाय पुरा गरिसकेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार १०:०७