१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बुटवल–नारायणगढ छ लेन सडकको आज प्रधानमन्त्री ओलीले शिलान्यास गर्दै


८ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल नारायणगढ छ लेन सडकको आज शिलान्यास गर्ने भएका छन । आज बिहान ११ बजेपछि प्रधानमन्त्री ओलीले वुटावलमा आयोजित एक विशेष समारोहकै बीचबाट छ लेनको सडकको शिलान्यास गर्न लागेका हुन ।

पूर्वासको पूर्वाधार तयार गर्न केन्द्रीत रहेको सरकारले पछिल्लो समय महत्वपूर्ण परियोजनालइ विशेष महत्व दिएर अघि बढाउन सुरू गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुटवल नारायणगढ छ लेन सडकको निर्माणले त्यस क्षेत्रकोमात्र नभइ समग्र देशकै विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । यस छ लेनको सडकले एकैपटक तीन प्रदेश जोड्ने छ ।

प्रदेश तीन, गण्डकी प्रदेश र प्रदेश ५ लाइ यस सडकले छुनेछ । सडकको शिालान्यास हुने भएपछि त्यसक्षेत्रका राजनीतिकर्मीदेखि जनतासम्मले समाजिक सञ्जाल मार्फत खुशी व्यक्त गरेका छन ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार १०:२०